Logo

रुसी पत्रकारलाई मृत देखाउन सुँगुरको रगत र मेकअप आर्टिस्टको प्रयोग, यसरी फैलाइयो खबर

बीबीसी

जिउँदो मानिसलाई मृत पुष्टि गर्न सजिलो हुँदैन । तर युक्रेनले रुसका चर्चित खोज पत्रकार अर्काडी बाब्चेन्कोको मृत्युको झुटो खबर फैलायो । यो खबरलाई संसारभरीका मिडियाले प्राथमिकताका साथ प्रकाशित गरे ।

युक्रेनका सुरक्षा अधिकारीका अनुसार यसको तयारी दुई महिनाअघि देखि सुरु गरिएको थियो र यसका लागि उनीहरुले दिनरात मेहनत गरिरहेका थिए ।

तर यो सबै कसरी गरियो ? ताजा जानकारीका अनुसार यो स्टन्टका लागि सुंगुरको रगत प्रयोग गरिएको थियो । यतिमात्र होइन, यसका लागि एक मेकअप आर्टिस्टको मद्दत पनि लिइयो ।

बाब्चेन्को आफैले यसबारे पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार उनका आफन्त र यहाँसम्म उनकी श्रीमतीलाई पनि यसबारे जानकारी दिइएको थिएन ।

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

मुर्दाघरमा फेरे कपडाः

योजना मुताबिक बाब्चेन्कोले मंगलबार च्यात्तिएको र चिथोरिएको सर्ट लगाएर सुंगुरको रगतमा लत्पत्तिएर घाइते भएको नाटक गरे, त्यसपछि उनलाई एम्बुलेन्सबाट अस्पताल पुर्याइयो ।

उनलाई एम्बुलेन्समा राख्नेदेखि अस्पतालका सबै मानिसहरु उक्त योजनामा संलग्न थिए । अस्पतालमा डाक्टरहरुले पनि उनलाई मृत घोषित गरे । त्यसपछि उनले मुर्दाघरमा कपडा फेरेर त्यहाँबाट आफ्नो मृत्युको खबर समाचारमा हेरे ।

त्यसको केही समय पछि उनलाई एक सुरक्षित घरमा पुर्याइयो । बाब्चेन्कोले भने, ‘म यो योजनाको इन्चार्ज थिइनँ त्यसकारण मलाई यो सबै कसरी हुन्छ भन्ने थाहा थिएन । योजना बुन्ने समूहले जस्तो भने मैले त्यही गरें ।’

हत्या भएका भनिएका रुसी पत्रकार जीवित, यस्तो छ रोचक मामला

एक दिन अघि आएको समाचारमा ४१ वर्षीय बाब्चेन्कोको युक्रेनको राजधानी किभमा गोली हानी हत्या गरिएको बताइएको थियो ।युक्रनले उक्त हत्याको पछाडि युक्रेनको हात भएको आशंका जताएको थियो । उक्त घटनामा ‘रुसी प्याटर्न’ देखिएको बताएको थियो ।


प्रतिक्रिया दिनुहोस्