Logo

हट्न सकेन सिण्डिकेट, यसरी शुरु भयो गाडीवालाहरूको दादागिरि

यातायातमा सिन्डिकेट खारेज भयो माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे । समाचार पढेपछि थापालाई लागेको थियो, सिन्डिकेट खारेज भएछ । अव उपत्यकामा आवतजावत गर्न सहज हुने भयो ।

भक्तपुरका थापा कामठमाडौंमा एक बहुउदेश्यीय सहकारमिा काम गर्थे । उनी दिनहुँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए । सिन्डिकेट अन्त्य भएको समाचार पढेपछि उनी खुसीले गद्गद् भए सहज तथा सुलभ यात्रा गर्न पाईने भयो भनेर । नागरिक दैनिकले समाचार छापेको छ ।

सिन्डिकेट अन्त्य भएको समाचार पढेको एक दुई हुँदै महिना दिन पुग्नै लाग्यो । तर, थापाको यात्रामा भने सिन्डिकेट तोडिएको समाचार पढ्नुअघिभन्दा कुनै भिन्नता आएको छैन । हिजो जसरी कठिन यात्रा गर्दै आएको थियो आज पनि त्यसैगरी कार्यलय जानेआउने गर्दैछु ।

प्रतिक्रिया दिनुहोस्