Logo

जीवनकै सबैभन्दा महँगो पारिश्रमिक लिएर काम गरेको रणवीरको नयाँ फिल्मको चौतर्फी चर्चा

सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’को ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्ममा रणवीर कपुरको लुक्स, अभिनय र संवादलाई लिएर उनको प्रशंसा भइरहेको छ ।रणवीर कपुरले फिल्मका लागि २५ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । यो उनको जीवनकै सबैभन्दा महँगो पारिश्रमिक रहेको भारतीय मिडियाले जनाएका छन् ।

‘सञ्जु’लाई रणवीर कपुरले जीवनकै टर्निङ प्वाइन्टका रूपमा लिइरहेको जनाइएको छ । यस फिल्ममा रणवीर कपुरले सञ्जय दत्तजस्तो देखिन निकै मिहिनेत गरेका छन् ।नयाँ पत्रिकामा खबर छ ।

रणवीरबाहेक राजकुमार हिरानीले बाँकी कलाकारलाई पनि उस्तै देखाउन कुनै कसर बाँकी छाडेका छैनन् । फिल्ममा रणवीरबाहेक सोनम कपुर, परेश रावल, दिया मिर्जा, मनीषा कोइराला, अनुष्का शर्मालगायत कलाकार छन् ।

प्रतिक्रिया दिनुहोस्