Logo

धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलनमा सरकारको रोक

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ । फाउन्डेसनले कानुनविपरीत चन्दा संकलन गरेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दा उठाउन रोक लगाएको हो ।वीर अस्पतालको शौचालय फोहोर भएको र वैज्ञानिक ढंगबाट सफाइ गर्ने भन्दै २३ वैशाखबाट कलाकार सीताराम कट्टेल(धुर्मुस)ले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा वीर अस्पताल सफाइ अभियान सुरु गरेका थिए । सफाइ सुरु भएको एक सातामै धुर्मुसले सार्वजनिक रूपमा फाउन्डेसनका नाममा रकम उठाउन थालेपछि विवाद भएको थियो । आलोचना बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन रोक लगाउने निर्णय गरेकी हुन् ।वीर अस्पतालमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सफाइका नाममा केही कमीकमजोरी भएको स्विकारर्दै चन्दा नउठाउन निर्देशन दिएकी हुन् । उनले अस्पताल सफाइको क्षेत्रमा देखिएको समस्या तीन पक्ष बसेर समाधान गर्ने पनि बताइन् ।

वीरका नाममा १४ लाख संकलन
कार्यक्रममा उपस्थित धुर्मुसले राम्रो काम गरेका कारण फाउन्डेसनले निरन्तर सहयोग पाइरहेको बताए । उनले भने ‘चन्दा भन्ने शब्दमा म सहमत छैन, धुर्मुस–सुन्तली फाउन्डेसनले राम्रो काम गरेको छ । त्यसबापत सहयोग जुटेको हो ।’ उनले वीर अस्पतालमा जेजस्तो काम भइरहेको छ, त्यो सबै अस्पताल र मन्त्रालयको सहमतिमै भइरहेको पनि बताए । धुर्मुसलेले अभियानका नाममा हालसम्म १४ लाख ६४ जार ८ सय ३५ रुपैयाँ उठेको जानकारी दिए । रंगरोगनका नाममा हालसम्म ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा करिब १० लाख लागतमा वीर अस्पतालमा रगरोगन भएको थियो ।नयाँ पत्रिकामा खबर छ ।

टेन्डरविना लाखौँको काम
नियमअनुसार ५ लाखभन्दा बढी रकमको काम गर्नुपरे सार्वजनिक रूपमा टेन्डर आह्वान गर्नुपर्छ । वीर अस्पतालका निर्देशक प्राडा। भूपेन्द्र बस्नेतका अनुसार समस्या भएको अवस्थामा ५ लाखसम्म विनाटेन्डर काम गर्न सकिन्छ । त्यसभन्दा माथिका लागि टेन्डर अनिवार्य हुन्छ । तर, विनाटेन्डर सरकारी खर्चमा वीर अस्पतालमा ४८ लाखमाथि खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्