Logo

विश्वकपमा रोनाल्डोको प्रभाव कति ? पर्चुगलले उचाल्छ त उपाधि ?

विश्वकप फुटबल नजिकिँदै जाँदा विश्वकपमा चर्चामा रहने खेलाडीको चर्चा पनि चुलिएको छ । अर्जेन्टिनाका मेसीको चर्चा हुँदै गर्दा पोर्चुगलका रोनाल्डोको चर्चा नहुने कुरै हुँदैन । यी दुई खेलाडी यस्ता हुन् जसका फ्यान संसारका कुनाकुनामा छन् । कतिपय चिया गफमै यी दुई फुटबलरका फ्यानबीच नै चर्काचर्की हुने गर्छ ।

यो सामाग्रीमा हामी क्रिस्टियानो रोनाल्डोको चर्चा गर्दै छौँ । अन्तर्राष्ट्रिय फुटबलले पाएको महान् फुटबलर मध्येका एक रोनाल्डो हुन् । उनी रियल मड्रिडका स्टार त हुँदै हुन् अहिले भने उनी पोर्चुगलका महत्वपूर्ण खेलाडी धेरै हुन भन्नुपर्छ । रुस विश्वकपमा पोर्चुगललाई विश्वकप उपाधि दिलाउने लक्ष्य उनको छ।

रोनाल्डोको चर्चा क्लब फुटबलमा मात्र छैन । उनी पोर्चुगलको सिनियर राष्ट्रिय टोलीबाट हालसम्म एक सय ४९ खेल खेलिसकेका खेलाडी हुन् । १४९ खेलमा उनले ८१ गोल गरेका छन् । पोर्चुगलका लागि सर्वाधिक गोल कर्ताको सूचीमा उनको नाम स्वर्ण अक्षरले लेखिएको छ ।

रोनाल्डोले सन् २०१६ मा फ्रान्समा भएको युरोकप फुटबलको उपाधि उचालेपछि विश्व फुटबलमा सर्वाधिक चर्चामा रहँदै स्थापित भए । युरोकप २०१६ को उपाधि पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा ठूलो हो ।

रोनाल्डोका फ्यान अनेक छन् । केही तिब्र गतिका फुटबलर भनेर मनपराउँछन् । केही उनको सिक्स प्याक देखेरै लोभिन्छन् भने केही उनको चलाखीपूर्ण फुटबल कलाको खुब प्रशंसा गर्छन् । उनको क्षमता भनेके गोल खुट्टामा परेपछि विपक्षीलाई छुन नदिनु हो । उनको प्रहार कहिल्यै पनि मिस हुँदैन । टिम संकटमा परेका बेला रोनाल्डोले अहिलेसम्ममा खेलमा खुशी दिँदै आएका छन् ।

लामो समयसम्म फुटबल खेलेका रोनाल्डोको लागि रुस विश्वकप अली धेरै नै विशेष छ । उनले आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउने सपनालाई रुसबाटै साकार पार्ने सोच बनाइरहेका छन् । रोनाल्डोले रुस विश्वकपलाई आफ्नो सफल खेल जीवनमा अर्को सिँढी बनाउने अनुमान फुटबल पण्डितहरुको छ ।

प्रतिक्रिया दिनुहोस्