Logo

गर्मी बढ्यो, ६२ डिग्री तापक्रम पुगेपछि जल्न थालेका सडकका रुखहरु

गर्मी मौसम सुरु भइसकेको छ । यहीक्रममा सामाजिक सञ्जालमा गर्मी बढ्दा सडकका रुखहरु जलेको भन्दै सार्वजनिक भएका फोटो भिडियो भाइरल भइरहेको छ ।

ती भिडियो र फोटोमा सडक किनाराका खजुरकासहित अन्य रुखहरु जलेको देखिन्छ । साथै सडकमा राखिएका ट्राफिक लाइटसमेत पग्लिएको छ । यस्तो कुवेतमा भएको हो ।

अहिले त्यहाँको तापक्रम ६२ डिग्री पुगेको छ । जस कारण खजुरसहितका रुखहरु जल्न थालेका छन् । मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । सार्वजनिक भिडियोमा गर्मीका कारण रुखहरु जलेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्