Logo

सलमान खानले गरे हिन्दूधर्मको भावनामा अघात ! उनलाई पिट्नेलाई २ लाख दिने घोषणा

बलिउड कलाकारहरु विभिन्न विषयले विवादमा आइरहेका हुन्छन् । हालै अभिनेता गोविन्दाले एक मन्दिरमा भैंसी काटेको समाचार आइरहेका बेला अर्का बलिउड सुपरस्टार सलमान खानले हिन्दूधर्मको भावनामा चोट पुर्याएको आरोप लागेको छ ।

हिन्दूधर्मको भावना अघात गरेको भन्दै सलमानलाई पिट्नेलाई दुई लाख रुपैयाँ पुरस्कार दिने एक हिन्दू संगठनका नेताले घोषणा गरेका बीबीसीले जनाएको छ ।

विश्व हिन्दू परिषद्का पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष प्रवीण तोगडियाको नयाँ संगठन ‘हिन्दू है आगे’का आगरा युनिट प्रमुख गोविन्द पराशरले सलमान खानलाई पिट्नेलाई दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । सलमानले आफ्नो फिल्मको नाम ‘लवरात्रि’ राखेर हिन्दू भावनामा आघात गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्