Logo

विश्वकप अगाडि फ्रेस हुन पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्रेमिका रोड्रिग्वेजसँग डेटिङमा निस्किए

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आसन्न विश्वकप फुटबल प्रतियोगितामा फ्रेस हुन चाहन्छन् । युरोकपमा जस्तै दमदार प्रदर्शन दोहो(याउन रोनाल्डोले आफूलाई युरोपियन फुटबलको ‘ह्याङ ओभर’ समाप्त गर्नुपर्ने बताउँछन् । यसैकारण उनी फ्रेस हुनकै लागि प्रेमिका जर्जिना रोड्रिग्वेजसँग डेटिङमा निस्किएको एजेन्सीहरूले जनाएका छन् । पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो र रोड्रिग्वेजबीच एक वर्षपछि डेटिङ भएको हो ।

च्याम्पियन्स लिगको बहाना
प्रेमिका रोड्रिग्वेजलाई च्याम्पियन्स लिग फुटबलको सफलता बाँड्न पनि डेटिङ गरेका हुन् । गत शनिबार लिभरपुललाई ३–१ ले हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिगमाथि ह्याट्रिक गरेको थियो । सर्वाधिक पाँचपटक च्याम्पियन्स लिग जितेका रोनाल्डोले पोर्चुगल टोलीसँग आबद्ध हुनुअघि प्रेमिका रोड्रिग्वेजसँग केही दिन बिताउने बताएका छन् । ‘केही दिन म प्रेमिकासँगै रहन्छु,’ रोनाल्डोले भने, ‘विश्वकपअघि म फ्रेस हुन चाहन्छु ।’नयाँ पत्रिकामा खबर छ ।

सामान्य रेस्टुरेन्टमा
स्पेनको मालागा सहरमा बुधबार राति रोनाल्डो जोडीले सामान्य रेस्टुरेन्टमा डिनर लिएको हो । धेरै चहलपहल नहुने स्थानमा जाँदा समर्थकहरूबाट बच्न सकिने रोनाल्डोको भनाइ छ । प्रेमिका रोड्रिग्वेजसँग उनले १ घन्टा समय बिताए । ‘हामीले यसपटक सामान्य रेस्टुरेन्ट रोज्यौँ, त्यहाँ खासै भिड थिएन,’ रोनाल्डोले भने, ‘उनीसँग बिताएको १ घन्टा समय रमाइलो नै भयो ।’ रोनाल्डोले राष्ट्रिय टोलीबाट १ सय ४९ खेलमा सर्वाधिक ८१ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्