Logo

आयो बजारमा अधिकतम् आनन्द दिने स्मार्ट कण्डम, यस्ता छन् विशेषताहरु

आधुनिकतामा समाज विकसित हुँदै गर्दा हरेक बस्तु ‘स्मार्ट’ रुपमा आउन थालेका छन् । बस्तुमात्रै होइन गाउँ र शहरलाई पनि स्मार्ट बनाउन थालिएका बेलामा बजारमा स्मार्ट कण्डम आएको छ ।

बजारमा आउन लागेको नयाँ प्रविधि ‘स्मार्ट कण्डम’ले मानिसले नसोचेका जवाफ दिने कम्पनीले दावी गरेको छ । ब्रिटेनको एक अनलाइन बजारमा यसको बिक्री गर्न रजिस्ट्रशेन सुरु गरिसकिएको छ ।

कम्पनीकाअनुसार यो स्मार्ट कण्डमले प्रयोगकर्तालाई सेक्स कति लामो समय, कति पटक र कतिपछि सेक्स गरेको बताउने छ । यद्यपी, यसको नाम स्मार्ट कण्डम राखिएपनि यो परिवार नियोजनको साधन भने होइन अर्थात यसले गर्भ रहनबाट बचाउँदैन र यौन रोगको पनि रोकथाम गर्दैन । स्मार्ट कण्डम एक रिंग हो, जुन कण्डम झै ‘फिट’ हुन्छ ।

कम्पनीको दावीअनुसार, यो कण्डम पटक पटक प्रयोग गर्न सकिन्छ। यसमा प्रयोग भएको ‘न्यानो चिप’ र सेन्सरले सेक्सकोबारेका जानकारी संकलन गर्ने कम्पनीको दाबी छ ।कम्पनीकाअनुसार सेक्स भएपछि ब्लुटुथ मार्फत मोबाइल एपको माध्यमबाट यसमा भएको जानकारी मोबाइलमा डाउनलोड गर्न सकिने छ । ६० पाउन्ड मूल्य रहेको यो स्मार्ट कण्डमलाई एक घन्टा चार्ज गरेपछि ७ देखि ८ घन्टासम्म प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्