Logo

राधा चौधरीमाथि निर्घात कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्ष कैद सजाय

राधा चौधरीमाथि निर्घात कुटपिट गर्ने ढोगी भोलेबाबालाई जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको छ । चौधरीमाथि बोक्सी आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला जिल्ला अदातले गरेको हो।

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले घोडाघोडी नगरपालिका ५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई गएको फागुन २४ गते बोक्सीको आरोपमा करिब ६ घण्टासम्म निर्घात कुटपिट गरेका थिए।

बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपिट गरेको भन्दै ६ जनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलेको थियो । त्यसैगरी जिल्ला अदालतले भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवाना र स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवानाको फैसला गरेको छ । भोलेबाबाका सहयोगीका रुपमा पक्राउ परेका स्थानीय सीतारानी चौधरी, चनकला चौधरी र वेदप्रसाद चौधरीलाई भने सफाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्