Logo

ओलीका मन्त्री रक्सीले मातेपछि देखाए अचम्मको हर्कत, मध्यराति २० करोडको डिल

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार रोक्ने भनेर दिन दिनै अभिव्यक्ति दिइरहेका बेला उनकै क्याबिनेका एकजना मन्त्री भने ठूलो घोटलामा संलग्न रहेको रहस्य बाहिर आएको छ ।पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले तारागाउँ विकास समितिको बाँकी रहेको ३९ मध्ये ३० प्रतिशत शेयर व्यापारीहरूलाई बिक्री गरेर ठूलो आर्थिक लाभ लिएको स्रोतको दावी छ । समितिसँग अब ९ प्रतिशत मात्रै सेयर छ ।

स्रोतका अनुसार मन्त्री अधिकारीले तारागाउँ विकास समितिबाट सञ्चालित बौद्धको होटेल ह्यातका मालिकहरूलाई ३० प्रतिशत शेयर बिक्री गरेका हुन् ।झण्डै चारदिनसम्म होटेल ह्यातमा भएको रात्रिकालीन गोप्य डिलमा मन्त्री अधिकारीले करोडौं रकम चलखेल गरेका थिए । मन्त्री अधिकारीको पहलमा तारागाउँको ३० प्रतिशत सेयरलाई २४ अर्ब रुपियाँमा बिक्री गर्ने निर्णय भएको थियो ।

मन्त्री अधिकारी, सचिव कृष्णप्रसाद सापकोटासहितका उच्च कर्मचारीहरू रक्सीले मातेर हिँड्न नसकेपछि ह्याट होटेलका कर्मचारीहरूले झुण्ड्याएर गाडीमा बसालेको प्रत्यक्ष देख्ने तत्कालीन एमाले निकटका एक मजुरले जानकारी दिए ।त्यसको कमिसन मात्रै २० करोड भन्दा बढि रहेको स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीसम्म कमिसन पु-याउनु पर्छ भनेर मन्त्री अधिकारीले प्रस्ताव राखेको स्रोतले थप बतायो ।

यता, विरोध हुन्छ भनेर यो निर्णयलाई मन्त्री अधिकारीले गुपचुप राखेका छन् । तारागाउँ विकास समितिले ३९ प्रतिशत सेयर आफूसँग राखेको थियो । ३० प्रतिशत सेयरको डिल पछि ह्यात होटेलका सञ्चालकहरू राधेश्याम सराफ, अरुण सराफ र अरुण श्रेष्ठसँग मन्त्री अधिकारीले ठूलो आर्थिक लाभ लिएको स्रोतको दाबी छ ।

संसदमा सार्वजनिक लेखा समितिको सदस्य र विकास समितिको सभापति हुँदा विवादास्पद निर्णयहरू गरेर आलोचित बनेका अधिकारीले गुपचुप रुपमा यति ठूलो डिल गरेका छन् ।तारागाउँको सेयर बिक्रीको सेटिङ पूर्व डिएसपी गोविन्द परियारले मिलाएका थिए । पूर्व डिएसपी परियार ह्यात होटेलमा सुरक्षा प्रमुखका रुपमा कार्यरत छन् ।

यसैबीच, पर्यटन मन्त्री अधिकारीले केही दिन अगाडि नयाँ बानेश्वरस्थित विजुलीबजारमा रहेको नेविसंघकी एकजना महिला कार्यकर्ताको पसलको उद्घाटन गरिदिएका छन् ।

पसल बिजुलीबजारमा रहे पनि नेविसंघकी कार्यकर्ता श्रीमती बेबी कार्की चापागाइँले उद्घाटन कार्यक्रम होटेल अन्नपूर्णमा राखेकी थिइन् ।बेबीले पसलमा भारतीय ब्राण्डको हर्वलपुलका सामान बिक्री गर्छिन् । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा पनि अथितिका रुपमा सहभागी थिए । यूनाइटेड पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्