Logo

पाल्पा बस दुर्घटना अपडेट, मृतकको संख्या १३ (मृतकको नाम ठेगाना सहित)

पाल्पामा शुक्रवार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको लु २ त ९७५ नं. वस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ घाईते भएका छन् ।

मृत्यु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य,तानसेन ३ का छत्रमान शाक्य,तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ,तानसेन ४ का कृष्णबहादुर बोहोरा,तानसेन ६ का दुर्गाबहादुर सारु,तानसेन २ का लोकनाथ ढकाल,तानसेन ३ का बसन्ती खाण,तानसेन ६ का गिता बुढाथोकी ,तानसेन ३ कमला कार्की रहेका छन । एक जना महिलाको नाम खुल्न सकेको छैन । कमला कार्की लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना स्थलवाट उपचारका लागी युइनाईटेड मिसन अस्पतालमा ल्याईएका घाईतेहरु मध्ये एक जनाको मुत्यु । मृत्यु हुनेमा तानसेन ६ का सचिन बज्रार्चाय रहेको मिसन प्रहरीको भनाई । अन्य घाइतेहरुमा प्रफुल्ल शर्मा,विमल रन्जन,उत्तम कुमार बज्राचार्य,ओम मलेगो,मिना खाम्चा,मुना सारु,अर्जुन थापा र प्रविण बज्राचार्यको उपचार भैरहेको छ । घाईत मध्य प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्