Logo

शुरु भयो अशोक दर्जीको घर निर्माण, यसरी भयाे शिलान्याश

युटुब चर्चामा आएका बाल गायक अशोक दर्जीको घरको आज शिलान्यास गरिएको छ । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित भालुकुडीमा वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा,घर निर्माण आर्थिक संयोजक गायक तथा संगितकार टंक बुढाथोकी र निमार्ण समितिका अध्यक्ष पूर्ण वाइवाले संयुक्त रुपमा पुजाआजा गरि घरको शिलान्यास गरेका हुन् । शिलान्यासको क्रममा सापकोटा र वाइबाले इटा राखेका थिए भने बुढाथोकीले नरिवल फुटाएका थिए ।

शिलान्यासपछि बोल्दै आर्थिक संयोजक बुढाथोकीले शुरुमा कतिपयले घर बन्दैन भन्ने गर्नु हुन्थ्यो अब घर बन्ने छ भन्दै सहयोगिहरुलाई धन्यवाद समेत दिए । यसअघि कार्यक्रममा सम्बोधन गर्दै प्रमूख अतिथि वडा अध्यक्ष सापकोटाले आँफुले पनि अशोकको घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सापकोटाले कार्यक्रमा नगद ५ हजार सहयोग समेत गरे ।

त्यस्तै विर्तामोडको ग्यालेक्सी फिटनेसले नगद ५० हजार एक सय रुपैया सहयोग गरेको छ । फिटनेसका संचालक चन्द्र रानासँगै संदिप शेर्मा, प्रेम राजबंशी, चन्द्र लिङ्देन, रोहित गजमेर र भिम लिम्बुको टोलिले आर्थिक संयोजक टंक बुढाथोकीलाई नगद हस्तान्तरण गरेको थियो । कार्यक्रममा २ नम्बर वडाका वडा सदस्यहरु राजु धिमाल, टंक प्रसाद गौतम, दिपक न्यौपाने, कोषाध्यक्ष डिजे रुपक, सचिव जिवन चुडाल, समाजसेवी पदम प्रसाद सापकोटा, संचारकर्मी तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्