Logo

“अमेरिका बोईज”लाई मिल्यो पत्रकार र कलाकारबाट सकारात्मक प्रतिक्रिया

 

काठमाडौ । डेब्यु निर्देशक प्रवेश पौडेलले निर्देशन गरेको चलचित्र अमेरिका बोईज आजबाट अल नेपाल रिलिज भएको छ । चलचित्रले राजधानीमा बिहान प्रेशशो सम्पन्न गरेको छ ।

चलचित्र हेर्नका लागी चलचित्र युनिटसाथै कलाकारको पनि उपस्थिती रहेको थियो ।चलचित्रलाई प्रत्रकार र कलाकार बाट राम्रो प्रतिक्रीया मिलेको छ ।

यसै चलचित्रबाट डेब्यु गरेका कलाकार आशिष प्रसाई, श्रृष्टी कार्कीले पनि राम्रो सम्भाबना देखाएका छन् । साथै अभय बराललाई पनि दर्शकले निकै मन पराएका छन् भने अर्पण थापाको अभिनय र भिन्न क्यारेकटरले दर्शकको मन तान्ने पक्का छ ।

यस चलचित्रका निर्देशक प्रवेश पौडेल र निर्माता प्रकाश भुजेलले उत्त प्रेशशोमा बोल्दै चलचित्र एकदमै राम्रो बनेको र दर्शकतथा प्रत्रकारले मन पराएको पनि बताएका छन् ।

चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारको अभिनय छ ।

साथै यस चलचित्रका निर्माता प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल हुन् भने चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्