Logo

तीन जना सुन लुटेरा प्रकाउ

प्रहरीले सुन लुटेरासहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले विभिन्न स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रक्राउ पर्नेमा २९ वर्षीय सोनम भन्ने नेमजुङ तामाङ, ३४ वर्षीय ओमनाथ देवकोटा र ४३ वर्षिय देव भन्ने कोत बहादुर तामाङ छन्।

यसरी भएको थियो सुनको लुट योजना

जेठ १० गते गते बा २ ज १९२३ नम्बरको ट्याक्सी चालकले गोगंबुबाट पोखरा जान लागेको प्यासेन्जर ओमनाथ देवकोटालाई दुई वटा मोटरसाईकलमा आएका ३ जना व्यक्तिहरुले १ किलो सुन दहचोकबाट लुटपाट गर्छन्।गोंगबु बस्ने सोनाम भन्ने नेमजुङ तामाङसँग १ किलो सुन खरिद गर्ने र सो बापत १० लाख तत्काल दिनुपर्ने । बाँकी रकम कुमार केसीले सुन बिक्री गरे पश्चात दिने सहमति भएको हुन्छ।उक्त सुन खरिद बिक्री गर्न ग्राहक खोजी दिने काम देव भन्ने कोत बहादुर तामाङले गर्छन्।कुमार केसी कामको सिलसिलामा पोखरा गएको बेला सोनाम तामाङसँग १ किलो सुन खरिद गर्न पोखराबाट बैंकमा ९ लाख ५० हजार ओमनाथ देवकोटाले पाउने गरी पठाएका हुन्छन्।रकम ओमनाथ देवकोटाले झिकेर सोनामलाई दिइ १ किलो सुन कुमार केसीले पठाउँछन्।

ट्याक्सीमा चढेर १० गते गते दिउँसो गोंगबुबाट पोखरा तर्फ जान्छन्। सुन खरिद विक्री गर्न ग्राहक खोज्न सहयोग गर्ने देव बहादुर तामाङले उक्त ट्याक्सीमा काठमाडौंबाट १ किलो सुन लिई ओमनाथ देवकोटा पोखरातर्फ आउदै गरी लुट्ने योजना बनाउँछन्।त्यसलाई लुट्नुपर्छ भनि नवीन गुरुङलाई भनेको र नवीन गुरुङले लुटपाट गर्ने गिरोहका व्यक्ति निमा लामालाई खबर गरेपछि राजिव कुमार बोलोन, अर्जुन तामाङ, बानसन श्रेष्ठलाई बा ७४ प २७९१ नम्वरको मोटरसाईकल, बा ६६ प ३१५६ नम्वरको स्कुटर र एक स्कार्पियो गाडीले सुन लुट्न गोगंबुबाट ट्याक्सीलाई पिछा गर्छन्।

कलंकीदेखि थानकोटतर्फ जाँदै गरेको ट्याक्सीलाई दहचोक भन्ने ठाउँमा लुटेराहरुले रोकी ट्याक्सी भित्र रहेका ओमनाथ देवकोटालाई कुटपिट गरी निजसँग रहेको १ किलो सुन लुटी फरार हुन्छन्।अनुसन्धान गर्दै जादा सुन खरिद गर्न पठाएको ९ लाख ५० हजार रकम मध्ये देव तामासँग २ लाख ४५ हजार रूपैयाँ र सोनामसँग ३ लाख ९० हजार रुपैयाँसहित जम्मा ६ लाख ३५ हजार बरामद गरेको छ। साथै लुटिएको भनिएको १ किलो नक्कली सुन समेत बरामद भएको छ।


प्रतिक्रिया दिनुहोस्