Logo

‘सिरियल किसर’ इमरान हासमी यी नायिकासंग गर्दैछन रोमान्स : नायिका मक्ख

एजेन्सी – साउथ इन्डियन फिल्म उद्योगकी अभिनेत्री वेदिका कुमार बलिउडमा डेब्यु गर्ने भएकी छिन् । वेदिका बलिउड अभिनेता इमरान हासमीका साथ ‘द बडी’बाट बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।बलिउडमा हुने आफ्नो डेब्युलाई लिएर वेदिकाले भनेकी छिन्, ‘म यो प्रोजेक्टलाई पर्खिरहेकी थिएँ । र, यसका कारण धेरै खुसी छु ।’

यसका लागि उनले निर्देशक जितु युसुफ, निर्माता सुनिर खेतरपाल र सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेकी छिन् । बलिउडको रोमाञ्चक यात्रा सुरु गर्नका लागि खाफूसँग धैर्यता नभएको पनि उनले बताएकी छिन् ।नयाँ पत्रिकामा खबर छ ।उनले भनेकी छिन्, ‘इमरान हासमी एकदम राम्रा अभिनेता हुन् र उनीसँग काम पर्न पाउनु मेरा लागि खुसीको कुरा हो ।’ वेदिकाले मलायलम, तेलगु, तामिल, कन्नड भाषाका फिल्ममा काम गरिसकेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्