Logo

ओली सरकारका दुई उपप्रधानमन्त्री, कसलाई के के जिम्मेवारी

सरकारमा दुइ जना उपप्रधानमन्त्री थपिएका छन् । रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छ । यस्तै फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ समेत लिएका छन् ।

संघीय समाजवादी फोरमलाई समेटेर सरकार विस्तार गर्ने क्रममा प्रधानन्त्री ओलीले दुई उपप्रधानमन्त्री बनाएका हुन् ।आजै मोहमद इस्तियाक राईन र गोकुल बास्कोटाले मन्त्रीको सपथ लिएका छन् ।

राईन संघीय फोरमबाट शहरी विकासमन्त्री बनेका हुन् । बास्कोटा भने मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । तर, फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको छ ।

रक्षामन्त्री पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा बादलले उपप्रधानमन्त्री माग गरेका भएपनि पनि उनि उपप्रधानमन्त्री बन्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्