Logo

पत्याउनै गाह्रो दुईवटा पिल्लरमा टिकेको विश्वको सबैभन्दा सानो देश, जुन देशमा बस्छन् २७ जना मानिस

विश्वमा एउटा यस्तो पनि देश छ जुन दुई पिल्लरले टिकेको छ । जुन देशमा जम्मा २७ जना मानिस बस्छन् । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको यो देश विश्वको सबैभन्दा सानो देश हो । जुन समुन्द्री किल्लाको दुई पिल्लरले टिकेको छ । जसको नाम सील्याण्ड हो ।

यस देशको राष्ट्रपति, प्रधानमन्त्री र मालिक भनेको रोय बेट्स नामक एक ब्यक्ति थिए । सन् २०१२ मा उनले आफूलाई त्यस देशको मालिक घोषित गरेता पनि उनी अहिले यो संसारमा छैनन् र त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् ।

यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । तर, पनि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन । आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि उसँग आफ्नो मु्द्रा र स्ट्याम्प टिकट भने रहेको छ । खासमा यस देशमा डोनेशनद्धारा फन्ड आउने गर्छ ।

मानिसले पहिलोपटक यस देशको बारेमा थाहा पाएपछि डोनेशनको ओइरो लागेको थियो । हाल हेर्नका लागि मानिसहरु आउने जाने नै गर्न थालेका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । जहाँको जनसंख्या ८०० रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्