Logo

मोटा मानिसले सुत्नुभन्दा अगाडी भुलेर पनि नखानुहोस यी खानेकुरा

मोटोपन धेरै मानिसको लागी चिन्ताको बिषय हो । धेरै मोताउनुको अर्थ रोग जन्माउनु भन्ने पनि बुज्ने गरिन्छ । मानिसहरु आफ्नो तौल घताउनको लागी धेरै उपायहरु अपनाउने गर्छन् । तर उनीहरुको सा-साना गल्तिले गर्दा शरीरको तौल झन् बढ्ने गर्छ । त्यस्तै गल्तिहरु मध्ये हामीले गर्ने गल्ति भनेको हामीले राति खाने खाना हो । कतिपय खानेकुरा राति सुत्नुभन्दा अगाडी खाने गरेमा शरीरमा अनावाश्यक बोशो लाग्ने गर्छ । त्यसैले कस्ता खाने कुरा राति खाने र कस्ता खानेकुरा नखाने भन्ने कुरा जानी राख्नुपर्छ ।

राति सुत्नुभन्दा अगाडी खान नहुने खानेकुराहरु यस प्रकार छन् :

१) मैदाले बनेका खानेकुरा :

मैदामा धेरै मात्रामा क्यालोरी हुने गर्छ । यो क्यालोरीको उपयोग रातको समयमा हुन पाउदैन । जसले हाम्रो शरीरको तौल धेरै बढाउन मद्धत गर्छ । त्यसैले राति सुत्नुभन्दा अगाडी यसबाट बनेका खानेकुरा जस्तै बिस्कुट , पाउरोटी आदि खान हुदैन ।

२) दहि :

दहीले शरीरको तौल चाडै बढाउन मद्धत गर्छ । यसमा बडी मात्रामा फ्याट हुन्छ जसले हाम्रो पेटमा बोशोको मात्रा बढाउँछ । जसले गर्दा मोटोपना झन् बढेर जानेगर्छ ।

३) क्रिम :

क्रिम पनि शरीरमा बोशोको मात्रा बढाउन मद्धत गर्ने अर्को माध्यम हो । क्रिममा पाइने फ्याटको प्रयोग शरीरले त्यति रातको समयमा त्यति प्रयोग गर्न पाउदैन । त्यसैले फ्याट बोशोमा परिवर्तन हुने गर्छ । यसले शरीरको तौल धेरै बढ्ने गर्छ ।

४) केरा :

केरा सुत्नुभन्दा अगाडी खाने गरेमा यसमा पाइने क्यालोरीले शरीरको तौल ह्वातै बढाउँछ । त्यसैले मोटोपन भएका मानिसले सुत्नुभन्दा अगाडी केरा खानु हानिकारक हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्