Logo

भ्रष्टचारको मुद्धा लागेपछि प्रधानमन्त्रीको पद बर्खास्त, अब के हुन्छ ? कसले लग्यो अविश्वासको प्रस्ताव

सरकारको नेतृत्वमाथी भ्रष्टचारको मुद्धा लागेपछि स्पेनको सरकार ढलेको छ । स्पेनमा प्रधानमन्त्री मारियानो रखोयको सरकार भ्रष्टचारको मुद्धा लागेपछि ढलेको हो । रखोयविरुद्धको स्पेनको संसदमा अविश्वास प्रस्ताव पारित भएको छ ।स्पेनको इतिहासमा रखोय अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन् ।

कन्जर्भेटिभ पिपुल्स पार्टीका नेता रखोय सन् २०११ मा प्रधानमन्त्री भएका थिए । सोसलिस्ट पार्टीका नेता साञ्चेज अब स्पेनको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ । अविश्वास प्रस्ताव पारित भएसँगै रखोय पदबाट बर्खास्त भएका छन् । विपक्षी सोसलिस्ट पार्टीले संसदमा उनिविरुद्ध अविश्वासको मत पेस गरेको थियो ।

रखोयको पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउँदै सोसलिस्ट पार्टीका नेता पेद्रो साञ्चेजले रखोयविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थियो । सान्चेजको प्रस्तावमा बास्क नेसनलिष्ट पार्टीले पनि समर्थन जनाएपछि रखोयविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो ।
पछिल्लो हप्ता रखोयको पार्टीका पूर्व कोषाध्यक्षमाथि भ्रष्टाचारको आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको थियो ।

मड्रिडको उच्च अदालतले लुई बार्थेनसलाई भ्रष्टाचार तथा अवैध धन थुपारेको विषयमा दोषी ठहर गरिएको थियो । अब ४६ वर्षको पेड्रो साञ्चेज स्पेनको प्रधानमन्त्री बन्ने सभ्भावना छ । ४६ वर्षीय पेड्रो साञ्चेज सन् २०१४ सम्म चर्चामा थिएनन् । उनी ठूला नेता पनि थिएनन् । सन् २०१४ मा सोसलिस्ट पार्टीका प्रमुख बनेका उनी एक अर्थशास्त्री तथा पूर्व बास्केटबल खेलाडीसमेत हुन् ।

सन् २०१५ र २०१६ मा उनले दुई पटक चुनावमा हार पनि व्यहोरेका उनले पार्टीको प्रमुख पद छोड्नु पनि परेको थियो । तर केही महिनापछि उनले पार्टीका बहुमत सदस्यबाट विस्वास जित्दै पुनः पार्टीको नेतृत्व गर्न पुगेका थिए । उनकै अगुवाई स्पेनका प्रधानमन्त्रीविरुद्ध पेस गरिएको अविश्वासको प्रस्ताव पारित भएपछि उनको चर्चा फेरी एक पटक चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्