Logo

घरमा कुखुराको मासु छ र नयाँ परिकार खाने रहर छ? यसरी पकाउनुहोस ‘चिकेन अफ्रिटाडा’ “फ्राई”

मासुमा भिटामिन ए, भिटामिन बी र भिटामिन डी , आइरन, जिंक, पोटासियम लगायतका पौष्टिक तत्व हुनेहुँदा यसको सेवनले शरिरलाई आवश्यक प्रशस्त प्रोटिनको मात्रा प्राप्त गर्न सकिन्छ।

विभिन्न सोध अनुसार किशोरावस्थामा कुखुराको मासुको निरन्तर सेवन गर्ने मानिसमा ‘कोलोरेक्टल’ क्यान्सरको जोखिम कम हुने गर्छ।त्यस्तै स्वस्थ मासु खाँदा शरिरमा स्फुर्ती आउँछ।

तर सही तरिकाले मासु पकाउन, खान तथा स्टोर गर्न नजान्दा समेत पाकेको मासुले हाम्रो शरिरमा असर गर्न सक्छ। त्यसैले मासु किन्दा, पकाउँदा र खादाँ सावधानी अपनाउनुपर्नेमा चिकित्सकहरु जोड दिने गर्छन्।यस्तै मासुको सौखिन भएर पनि हामी मध्ये धेरै मासुबाट तयार पार्न सकिने विभिन्न परिकारबारे कमै जानकार छौँ।

यदि तँपाई मासुको पारखी हुनुहुन्छ र उपलब्ध मासुबाट कुनै नयाँ परिकार बनाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउन चाहानुहुन्छ भने तँपाईलाई आज हामी बिलकुलै नयाँ परिकार बनाउन सिकाउँदै छौँ।हामीले तँपाईलाई बनाउन सिकाउन लागेको परिकारको नाम हो ‘चिकेन अफ्रिटाडा’ ।

‘चिकेन अफ्रिटाडा’ फिलिपीन्सको एक प्रसिद्ध परिकार हो। आज हामी एक जना सेफको सहयोग मार्फत तँपाईलाई कुखुराको मासुबाट यो परिकार पकाउन सिकाउने प्रयास गर्दैछौँ।

तयार गर्ने अवधिः ३० मिनेट पकाउने अवधिः ३० मिनेट
आवश्यक सामग्रीःसाना टुक्रामा काटिएको हडिड् नभएको ११५ ग्राम कुखुराको फलमासु २ चम्चा सोय सस आधा स्लाइस कागती (रस)२ पाउण्ड मटनको कलेजो ५ चम्चा ओलिभ ओइल २ पिस आलु (चौथाइ काटेको) १ पिस प्याज (चप गरिएको) लसुन २ पोटी (पिसेको) २ पिस ठूला टमाटर (मसिनो पारेर काटेको ) एउटा हरियो भेडे खुर्सानी (टुक्र्याइएको) नुन र मरिच (स्वाद अनुरुपको मात्रा लिने)

पकाउने विधि
१. सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।

२. त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।

३. चिकेनलाई ठूलो भाँडामा राखेर त्यसलाई छोप्ने गरी प्रशस्त पानी हाल्ने।

४. सोय सस र कागतीको रस उक्त पानीमा मिसाएर चलाउने।

५. यसलाई ५ मिनेटसम्म उमाल्ने र चिकेनलाई निकालेर पानीमा राख्ने।

६. भाँडामा पुन ताजा पानी भरेर चिकेन कलेजोलाई

५ मिनेट उमाल्ने।

७. अनि कलेजोलाई सेलाउन दिएर खान मिल्ने स­साना टुक्रा पार्ने।

८. ३ चम्चा ओलिभ ओइललाई मन्द आँचमा बसालेको तावामा तताउने र आलुलाई रातो हुने गरी ७ देखि १० मिनेटसम्म फ्राइ गर्ने।

९. पेपर टावल बिछ्याइएको प्लेटमा आलुलाई खन्याउने।

१०. अझ २ चम्चा ओलिभ ओइललाई तावामा तताउने अनि बास्ना नआउञ्जेल २ देखि ५ मिनेटसम्म लसुन र प्याज फुराउने।

११. त्यसमा हड्डीरहित चिकेन तथा कलेजो हाल्ने र छोपेर ५ मिनेटसम्म पकाउने। त्यसमा टमाटर थपेर चलाउँदै ५ मिनेट पकाउने।

१२. आलु र भेडे खुर्सानी पनि तावामा थपेर नुन र मरिचले छर्केर अर्को ५ मिनेट पकाउने।त्यसपछि यसरी पकाइएको भएको चिकेज अफ्रिटाडा खानलाई तयार हुन्छ।

यस परिकार पकाउने विधि दुई दशकदेखि क्रियाशिल वरिष्ठ सेफ कुमार चालिसेको सहायताले तयार पारिएको हो। उनी अष्ट्रेलियको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्धारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लािग ‘सर्टिफाइड’ सेफ हुन्।हाल उनी बाजेको सेकुवामा कर्पोरेट सेफ तथा काठमाडौँको ‘गेट कलेज’ मा सेफ तथा निरिक्षकका रुपमा कार्यरत छन्।त्यस्तै उनले पाक् शाष्त्रमा आधारित तीन पुस्तक लेखेका छन् भने नेपाली खानाका परिकारहरुको इतिहास सम्बन्धी पुस्तक प्रकाशनको क्रममा रहेको छ।यस बाहेक उनले डेढ दर्जनभन्दा बढि देशहरुमा नेपाली खानाका विभिन्न परिकारहरुको प्रवद्धन गर्ने कार्यक्रमहरु समेत आयोजना गरेका छन्।

चिकन डन्डी :
सामग्री : कुखुराको पखेटा १६ वटा, एक चियाचम्चा अजिनोमोटो, आधा चियाचम्चा मरिचको धूलो, दुईवटा अण्डा, १ सय ग्राम मैदा, ५० ग्राम कर्नफ्लोर, दुई ठूलो चम्चा सुकेकोरातो खुर्सानीको धूलो, तार्नका लागि आवश्यकताअनुसार तेल, नून स्वादअनुसार ।

Image result for चिकन डन्डी

पखेटाको तल्लो भागलाई त्यसमा भएको सबै मासु एकैतिर तान्न सकिने गरी काट्ने, अब मैदा, अण्डा, कर्नफ्लोर, चिली ससविधि : , अजिनोमोटो तथा मरिच हालेर राम्रोसँग मोल्ने । यसरी मोलेर राखेको पखेटालाई ३० मिनेटसम्म मेरिनेट हुन दिने । त्यसलाई सुनौलो हुने गरी तातो तेलमा तार्ने र लसुनको सससँग सर्व गर्ने ।

चिकेन टिक्का :
सामग्री : २ सय ५० ग्राम हड्डी नभएको कुखुराको मासु -चौकोर काटेको), एक कप हरियो धनियाँ, एक मुठी पुदिना, चारवटा लसुनका पोटी, तीन ठूलो चम्चा ताजा क्रिम, एक ठूलो चम्चा मैदा, दुई ठूलो चम्चा तेल,नून स्वादअनुसार ।

विधि : धनियाँ, पुदिना, लसुन र नुन मिसाएर पेस्ट बनाउने, यो मिश्रणलाई कुखुराको मासुमा मोलेर एक घन्टा मेरिनेट गर्ने । क्रिम, मैदा र एक ठूलो चम्चा तेल मिसाएर मेरिनेट गरिएको मासुमा लगाउने र झीरमा उनेर तेल दल्दै कोइलाको रापमा सेक्ने । यसलाई तात्तातै सर्व गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्