Logo

स्वस्थ रहन अण्डाकाे सेवन

अण्डा प्रोटिनको स्रोत हो । अण्डा हाम्रो शरीरको लागि अति आवश्यक छ । हाम्रो शरीरलाई मौसम अनुसारको खानेकुरा परिवर्तन गर्न पनि ठिक हो ।अण्डाले गर्मी हुने हुँदा गर्मीमा यसको खाँदा स्वास्थ्य खराब हुन्छ । तर तपाई यस्तै सोच्दै हुनुहुन्छ भने आजा हामी तपाईलाई यसको सत्यबारे बताउँछौ । अण्डामा धेरै पाष्टिक तत्व हुन्छ त्यसैले यो खाँदा शरीरलाई प्रयाप्त भिटामिन र प्रोटिन प्रप्त हुन्छ । उसिनेको १०० ग्राम अण्डामा १० प्रतिशत भिटामिन ए , २१ प्रतिशत डी आदि पाउने स्रोतले जनाएको छ । यसलाई एकदम राम्रो खानेकुराको रुपमा मानिन्छ । हाम्रो शरीरलाई उर्जाको आवश्यक्ता पर्छ । उक्त उर्जा अण्डाले नै दिन्छ ।

अण्डामा भिटामिन , मिनीरल हुन्छ । जुन हामी अण्डाबाट पाउन सक्छाैँ । जुनै मौसममा पनि ती तत्वहरुको आवश्याक्ता हुने हुँदा गर्मी र जाँडो दुवैमा अण्डा खान जरुरी छ । अण्डामा पोषक तत्वको मात्र धेरै भएकोले नै गर्मीमा पनि यसको सेवन गर्न सकिन्छ । दुध जस्तै अण्डा पनि आफैँमा सम्पूर्ण आहारा हो । यदि अण्डा मात्रै खाने हो भने पनि लगभग सबै तत्वहरु हाम्रो शरीरले पाउने एक अध्धनले जनाएको छ ।गर्मीको समयमा दिनमा २ ओटा अण्डा खाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ । यो भन्दा बढि खाएमा स्वास्थ्यको लागि बेफाइदा हुन्छ । गर्मीमा अण्डा खानै नहुने चाहि होइन । अण्डालाई मिलाएर खाएमा गर्मी मौसममा पनि स्वस्थ रहन धेरै राहात मिल्छ । यसले हृदयको बिरामी आशंक पनि कम हुन्छ । एक अण्डामा लगभग ६ ग्राम प्रोटिन हुन्छ । यसमा भिटामिन ई पनि पाइने हुँदा यसले हार्ट अटैक कम गर्ने अध्ययनले पत्ता लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्