Logo

मलेसीया सरकारको कठोर निर्णय, दुई महिनाभित्र गैरकानुनी कामदार देश नफर्किए कारवाही गर्ने

बिभीन्न देशबाट मलेसियामा गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको । उसले आउँदो अगष्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्किने कामदार र उसले काम गर्ने कम्पनीलाई पनि कारवाही गर्ने मलेसियाले जनाएको छ । अवैधानिक रुपमा बसिरहेका कामदारलाई दुई पटक जरिवाना तिरेर स्वदेश फर्किने अवसर दिएको मलेसिया अब भने कारवाही गर्ने चेतावनी दिएको हो ।

गैरकानुनी कामदारलाई अघिल्लो वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समय दिएको मलेसिया यो वर्ष जनवरीदेखि जुन ३० सम्मको समय दिएको थियो । मलेसिया कति नेपाली यसरी अवैधानिक रुपमा काम गरिरहेका छन भन्ने यकिन तथ्याङ्क छैन ।

तर ५ लाख नेपाली मात्रै वैधानिक रहेकाले धेरै नेपाली अवैधानिक रुपमा काम गरिरहेको हुन सक्ने मलेसियामा रहेको नेपाली दूतावासले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्