Logo

लगातार तीन भूकम्पको धक्का , केन्दविन्दु गोरखा र दोलखा

काठमाडौं । बिहीबार र शुक्रबार लगातार भूकम्प गएको छ । बिहीबार दैलेख र गोरखा तथा शुक्रबार दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार गोरखा केन्द्रबिन्दु भएर ४.१ रिक्टरस्केलको पराकम्प गएको थियो भने दैलेखमा गएको भूकम्प ४.३ रिक्टरस्केलको रहेको थियो । गोरखामा २०७२ वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको र दैलेख केन्द्रबिन्दु भएर गएको भने नयाँ भूकम्प रहेको मापन केन्द्रले जनाएको छ ।

यस्तै शुक्रबार दोलाखा केन्द्रबिन्दु भएर गएको पराकम्प पनि ४.३ रिक्टरस्केलकै रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्