Logo

२१ वर्षे नर्सकाे अन्तिम विदाईमा हजाराैँ जनसागर

रजान गाजाको दक्षिण इलाकामा भइरहेको विरोध प्रदर्शनमा गाेली लागी रजान अल–नजर नाम गरेकी २१ वर्षीय नर्सकाे मृत्यु भएकाे छ । ती नर्सको शुक्रबार भएको विरोध प्रदर्शनमा इजराइलको तर्फबाट गरिएको गोलीबारीमा मृत्यु भएको थियो ।

गाजामा शनिबार ती नर्सलाई हजाराैँ प्यालेस्टिनीले प्यालेस्टाइनको झण्डा ओढाएर अन्तिम बिदाई गरे । अन्त्येष्टिमा समावेश रजानका पिता हातमा छोरीको मेडिकल ज्याकेट लिइरहेका थिए जुन रगतले लत्पत्तिएको थियो ।

घाइतेको मद्दतका लागि गाजा–इजराइल सीमामा राखिएको घेरातर्फ दौडदाँ उनलाई गोली हानिएको थियो ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्