Logo

सुनकाण्डका अभियुक्त छिरिङले गरे आत्मसमर्पण

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।

 

यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।

उनले अाफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियाे ।

खत्रीले पनि गत बिहीबार मात्रै जिल्ला अदालत, मोरङमा अात्मसमर्पण गरेका थिए । गोरेले खत्रीलार्इ पक्राउ गरे प्रकरणको धेरै कुरा सार्वजनिक हुने दाबी गरेका थिए । यद्यपि, खत्रीले अदालतमा इन्कारी बयान दिए ।

उनले प्रहरीकै एउटा गुटले अाफूविरुद्ध षड्यन्त्र गरेकाे दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्