Logo

धुर्मुस सुन्तलीले चन्दा उठाएर रंग लगाएको वीर अस्पतालमा अर्बाैंको भ्रष्टाचार !

कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चन्दा उठाएर हालै वीर अस्पतालको सरसफाइ र रंगरोगन गरेका थिए । तर, यही बेला उक्त अस्पतालमा अर्बाैंको भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ ।

अस्पताल सुधारका लागि सरकारले दिएको दुई अर्ब रुपैयाँको खोजी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले उक्त दुई अर्बको खोजी गर्न थालेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल र ट्रमा सेन्टरमा भएका भ्रष्टाचार र अनियमितताको सुबत प्रमाण सहित ८४ बुँदाको उजुरी परेपछि अख्तियार र सतर्कताले छानविन अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्