Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल आउने !

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई महिना पछि फेरी नेपाल आउने भएका छन् । मोदी भर्खरै नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका मोदी भदौमा फेरी आउने भएका हुन् ।

भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ९विमस्टेक० नामक क्षेत्रीय संगठनको चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएकाले मोदीलाई फेरी नेपाल आउने साइत जुरेको हो । मन्त्रिपरिषदले विमस्टेकको सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेसंगै मोदीका लागि नेपाल आउने साइत जुरेको हो ।

सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी र बर्माकी विदेशमन्त्री आङ सान सुचीसम्मका एसियाली नेताहरु आगामी भदौमा नेपाल आउने छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय गरेको छ ।

हाल नेपाल अध्यक्ष रहेको यो क्षेत्रीय संगठनको सदस्यको रुपमा बंगलादेश, भारत, म्यान्मार ९बर्मा०, श्रीलंका, थाइल्याण्ड, भूटान र नेपाल सदस्य राष्ट्रको रुपमा छन् । सार्कको अर्को सदस्य राष्ट्र पाकिस्तान भने बिमस्टेकमा सहभागी छैन ।

प्रतिक्रिया दिनुहोस्