Logo

क्यानेडियन लिगमा अनुबन्ध भएसँगै सन्दिपलाई भ्याइनभ्याइ, लाखौँ पारिश्रीमक लिएर मालिंगा लगायतका यि दर्जनौँ चर्चित खेलाडीसँग पाए खेल्ने अवसर

युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को महिना ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने पक्कापक्की भएको छ । आइतबार मोन्ट्रिइल टाइगर्सले लिएसँगै सन्दीपलाई भ्याइनभ्यार्इको अवस्था आएको हो । उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो । इण्डियन प्रिमियर लिग आईपीएलमा गज्जबको प्रदर्शन, क्यारेवियन प्रिमियर लिग सीपीएलमा अनुबन्ध, विश्व ११ बाट अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा डेब्युलगायत लगातार खुशीका खबर दिइरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिगमा अनुबन्ध भएका छन् । लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो ।

प्रतियोगिता जुन २८ तारिख असार १४ गते शुरु भई जलाई १५ तारिख अर्थात असार ३१ गतेसम्म चल्नेछ भने पहिलो चरणमै अनुबन्ध हुने खेलाडीलाई ९० हजार डलर पाउनेछन् । सन्दीपलाई छैटौ चरणमा क्लबले लिएको हो । छैटौ चरणमा अनुबन्ध हुने खेलाडीले ४० हजार डलर पाउने व्यवस्था छ । सन्दीप आइपीएलमा २० लाख भारु र क्यारेवियन प्रिमियर लिगमा पाँच हजार डलरमा अनुबन्ध भएका थिए ।

सन्दीपलाई अनुबन्ध गरेको क्लब मोन्ट्रेल टाइगर्सको मार्की खेलाडी विश्वप्रसिद्ध श्रीलंकाली भेट्रान बलर लसिथ मालिंगा , वेष्ट इण्डिजका सुनील नराइन, श्रीलंकाका पुर्व कप्तान थिसरा परेरा, वेष्टइण्डिजका विकेटकिपर ब्याट्स्म्यान दिनेश रामदिन, अष्ट्रेलियाका पुर्व कप्तान स्टीभ स्मिथ, पाकिस्तानी अलराउण्डर शाहीद अफ्रिदी, लगायतका खेलाडीस्हरुसँग ृनी आमने सामना भएर खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्