Logo

फिफा वर्ल्ड कपमा हुने सुरक्षा खतरालाई लिएर रोनाल्डोले नियुक्त गरे यि पहलमानलाई अंगरक्षकमा नियुक्त

नुनो मारेकोस पेसाले बुल फाइटर हुन् । मिक्स्ड मार्शल आर्टस् (एमएमए) फाइटरको समेत परिचय स्थापीत गरिसकेका यि बडिबिल्डरको अर्को नयाँ परिचय पनि थपिएइको छ त्यो हो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको बढीगार्ड । रसियामा आयोजना हुन लागेको वर्ल्ड कपमा रोनाल्डोको सुरक्षार्थ उनलाई बुक गरिएको रोनाल्डो निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आइएसआइएससहित विभिन्न चरमपन्थी संगठनको धम्कीपछि पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले रुसमा हुने फिफा वर्ल्ड कपका लागि एक विशेष व्यक्तिलाई आफ्नो अंगरक्षकको रुपमा नियुक्त गरेका हुन् । रोनाल्डोले नुनो मारेकोसलाई बडीगार्डका रुपमा नियुक्त गरेसँगै
आफूलाई अब कसैले पनि छुने आँट नगर्ने तर्क गरेका छन् । नुनो किभमा रोनाल्डोसँगै थिए र उनी रोनाल्डोका लागि वर्ल्ड कपमा पनि हुनेछन्,’

प्रतिक्रिया दिनुहोस्