Logo

७० वर्षमा गर्भवती भएकी मारिया विश्वकै बढी उमेरकी आमा बन्दै, उनको आत्मविश्वास देखेर चिकित्सक नै परे छक्क

७० वर्षको उमेरमा गर्भवती भएर पनि स्वस्थ भएको मानिसबारे कहिल्यै देख्नु वा सुन्नु भएको छ ? मेक्सिकोको सिनालोआमा बस्ने मारिया डी लालूसले बकाइदा यस्तो सजिव उदाहरण हुन् जो ७० वर्षजस्तो गिर्दो बुढ्यौलीमा पनि गर्भवती हुँदा हट्टगट्ट छिन् ।

यस अगाडी नै आधा दर्जन बढी सन्तानलाई जन्म दिइसकेकी मारिया डी लालूसले अबको बच्चाका रुपमा छोरीलाई जन्म दिने परिक्षणबाट पत्ता लागेको छ । यो बच्चलाई जन्मदिएको खण्डमा मारिया विश्वकै दोस्रो बढी उमेरमा आमा बन्ने महिला बन्नेछिन् ।

यो भन्दा पहिले

पंजाबकी दलजिन्दर कौनले २०१६ मा ७० वर्षको उमेरमा बच्चालाई जन्म दिएपछि अहिले पनि चर्चामा छिन् । मारियाले आफ्नो खुट्टामा दुखाई भएको र बारम्बरा वाकवाकी लाग्ने बताएकि छन् । यो गर्भवति हुदाको समयको लक्षण हो । उनले हालसम्म १० पटक फरक फरक ठाउँमा सोनोग्राफि गराएकि छन् । उनको रिर्पोट देखेर चिकित्सकहरु नै छक्क परेका छन् ।

प्रतिक्रिया दिनुहोस्