Logo

खाली पेटमा लसुन खादा यस्तो हुन्छ फाईदै फाईदा

लसुन तरकारीमा हाल्दा तरकारी स्वादिष्ट बनाउने मात्र हैन यसले हाम्रो स्वास्थ्य निरोगी बनाउन पनि सहयोग गर्छ । अझ खाली पेटमा लसुन खादा धेरै फाईदा गर्छ । लसुनको प्रयोगले खाना स्वादिष्ट बनाउनुको साथै यसमा भएका विभिन्न एन्टीब्याक्टेरियल तत्वहरुले ब्याक्टेरिया तथा भाइरसलाई हटाएर स्वस्थ हुन मद्यत गर्छ ।

लसुनको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । त्यसको साथै यसले मुटुसम्बन्धी रोगहरुबाट पनि बचाउँछ । अझ काँचो लसुनलाई तातो पानीसँग बिहान खाली पेटमा खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ ।

लसुनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउ मद्दत गर्छ । साथै पेटको विकारलाई शरीरबाट बाहिर निकाल्न पनि सहयोग गर्छ । यसबाट पेट सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । साथै शरीरमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै मधुमेह रोग लाग्नबाट जोगाउछ ।

प्रतिक्रिया दिनुहोस्