Logo

धादिङको चार किलोमा दिउँसै घट्यो डरलाग्दो घटना, क्षतीको विवरण हेर्नुहोस्

धादिङको चार किलोमा ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । धार्के नजिक चाल किलोमा भएको दुर्घटनामा तीन जना घाइते भएका तथा आगलागीका कारण ट्रक नष्ट भएको छ ।

ट्रयाक्टर ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।  काठमाडौंबाट चितवन जाँदै गरेको बा १७ प १०९३ नम्बरको ट्रयाक्टर विपरित दिशाबाट आइरहेको ना ५ ख ८७७० नम्बर ट्रकसँग ठोक्किएको प्रहरी चौकी खानीखोलाले जानकारी दिएको छ । अहिले पनि आगो रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थलतर्फ लागेको छ ।

प्रतिक्रिया दिनुहोस्