Logo

विश्वकपको उपाधी जित्ने ब्राजिको तयारी यस्तो, यो बर्ष सबै मुलुक पछि पर्नेछन्

पाँच पटकको विश्वविजेता राष्ट्र ब्राजिल यसपटकको विश्वकप फुटवलको पनि दावेदार रहेको छ । त्यसोत ब्राजिल प्रत्येक सिजनको उपाधी दावेदारको रुपमा रहन्छ । पेले, रोमारियो, रिभाल्डो, रोनाल्डो, रोनाडिन्होको जस्ता विश्व प्रख्यात खेलाडीको देश हो ब्राजिल ।

अहिले विश्वकै सवैभन्दा महँगो खेलाडी नेमारको ब्राजिलमा छन् । यसपटकको ‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘ई’ को टिम ब्राजिललाई यो रसियन विश्वकपको सबैभन्दा दाबेदार टिम मानिएको छ ।

विश्व बुकमार्कर्सको आँकलन हेर्ने हो भने यो विश्वकप जित्ने सबैभन्दा धेरै सम्भावनामा तीस प्रतिशत सहित ब्राजिल अग्रस्थानमा छ ।ब्राजिलले सन् २००२ को विश्वकप यता यो सुखद नतिजा ल्याउन सफल भएको छ । फुटबल बिश्वकप जत्रो ठूलो प्रतियोगितामा केबल तीन संस्करणको असफलता ब्राजिल बाहेक अरु कुनै पनि राष्ट्रको लागि सामान्य नतिजा नै हुन्छ ।

युरोपमा हुने बिश्वकप प्रतियोगितामा ‘युरोपियन नेशन’ले नै ‘डोमिनेट’ गर्दै आएका छन् तर ब्राजिल जुन एक मात्र ‘नन युरोपियन’ देश हो, जसले सन् १९५८ को संस्करणमा आयोजक राष्ट्र स्वीडेनलाई फाइनलमा हराएर बिश्वकप चुमेको थियो । बिश्वकप छनौटको आफ्नो समूहमा अग्रस्थानमा रहेर यो प्रतियोगितामा प्रवेश गरेको ब्राजिलको पक्षमा उसको सुनौलो इतिहास साक्षी छ ।

 

२०१४ को विश्वकपले ब्राजिललाइ इतिहासकै सबैभन्दा नमिठो फल चखायो । ९ जुलाई २०१४ बिश्व फुटबलमा ब्राजिलका लागि आफ्नो इतिहासकै कालो दिनका रुपमा रह्यो । जुन दिन ब्राजिल जर्मनीसँग १ का विरुद्ध ७ गोलले पराजित भएको थियो । १९५८ देखि १९७० को अबधिमा भएका ४ मध्ये ३ बिश्वकप जितेको महान ब्राजिल टिम त्यो हार पछि टुटको संघारमा थियो ।

पाँचपटकको विश्बविजेता ब्राजिलले २०१४ को बिश्वकपमा गुमेको साखलाई फर्काउनेमा दाउमा छ । आफ्नो पुराना कोच तथा खेलाडी डुंगालाई म्यानेजरको जिम्मा दिएको थियो । तर लगातारको असफलता र २०१८ को बिश्वकप संस्करणको छनौट चरणबाटै बाहिरिने खतरापछि ब्राजिलले डुंगाको स्थानमा टिटेलाई अनुबन्धित गरेको छ ।

 

टिटे ब्राजिली व्यवसायिक फुटबलका निकै सफल म्यानेजर हुन । उनको आगमनसंगै ब्राजिलको टिम निकै बलियो बनेकाो धेरैले अपेक्षा समेत गरेकाा छन् । ब्राजिल फुटबलको पुनः उत्थानका नायक टिटेले नेमरलाई सही प्रयोग गरेका छन । र, साथै उनको अनुपस्थितिमा पनि टिम ब्राजिललाई नेमार बिना पनि राम्रो खेल्न सक्ने टिम रुपमा देखाएका छन्।

पेलो रोनाल्डो हुँदा खेरीको ब्राजिल र यसपटकको ब्राजिल निकै फरक छ । यो टिम स्टार डिफेन्डरहरुले भरिएको छ । डिफेन्डरको नेतृत्व कप्तान थियागो सिल्भाले गर्नेछन् । युरोपेली पावरहाउस पिएसजीका कप्तान सिल्भालाई विश्वकै नम्बर एक डिफेन्डर मानिन्छ र उनको नेतृत्वको ब्राजिली रक्षापंक्ति नै ब्राजिलको सबैभन्दा सबल पक्षको रुपमा हेरिएको छ ।

 

मारसेलो, पिएसजीका मर्किहिनोस, सिटीका डयानिलो, इन्टरका मिरान्डा, एथलेटिकोका फिलिपे लुइसे सजिएको डिफेन्सलाइ छलेर अघि बढ्न संसारका कुनैपनि मुलुकलाइ सहज हुनेछैन । यसपटकको ब्राजिलको टिम ब्यालेनश, बेन्च स्ट्रेन्थ, कोचिन्ग र रिसेन्ट फम हेर्दा उसमा खासै कमजोरीहरु छैनन्। ब्राजिलको कमजोरी तुलनात्मक रुपमा उसको सेन्ट्रल फरवार्ड पोजिशन हो।

यसपटकको ब्राजिली टिममा शुद्द नम्बर नाइन छैन। आजभोलि प्रायः हरेक टिममा यो रोलको एउटा बिग सेन्ट्रल फरवार्ड हुन्छ, जसले डि(बक्श भित्र वा आसपास रही स्कोर गर्छ। चाहे ट्याप ईन बाट होस्, हेडर बाट होस् र डिफेन्डरलाई मसल वा आउट पेस गरेर रेगुलेशन गोल गर्ने स्ट्राइकरको कमी ब्राजिललाई हुनेछ।

पोल्यान्डको लागि लेवानडोस्की, ईंग्लिन्डका लागि ह्यारी केन र स्पेनका कोस्टा भने जस्ता ब्राजिलका लागिको भन्ने विश्वकपभर नै प्रश्नवाचकका रुपमा रहनेछ। यसको मतलब अब गोलका लागि ब्राजिलले गोल मिडफिल्ड र विङ्सवाट खोज्नु पर्ने हुनेछ।

स्पेनिस शैलीको फल्स नम्बर नाईन रोलमा रोवर्टो फिरिमिनो वा जेससलाई खेलाउनु पर्नेछ। यी दुवै खेलाडीले व्यवसायिक फुटबलमा आफ्नो टिम लिभरपुल र सिटीका लागि त्यो रोल निभाउँदै पनि आएका छन्। तर, पारम्परिक डाईरेक्ट फुटबल खेल्ने ब्राजिललाई नयाँ शैली अपनाउन भने निकै ठूलो चुनौति हुनेछ।

ब्राजिलका लागि मात्रै होइन, यो पूरा बिश्वकपको नै प्लेयर टू वाच हुन्, नेमार जुनियर । नेमारको जादुमय खेल क्षमतामा कुनै पनि शंका छैन तर समस्या उनको फिटनेश हो। दुईसय बाईस मिलियन युरो मुल्यका नेमार २५ फेब्रुअरी २०१८ देखि मैदानमा उत्रिएका छैनन् ।

तीन महिनाको इन्जुरीपछि विश्वकपमा फर्किन लागेका २६ बर्षीय पिएसजी स्टार नेमारको प्रदर्शनमा नै ब्राजिलको विश्वकप यात्रा निर्भर रहनेछ। साथै, चेल्सीका सेट पिस स्पेसलिष्ट विलियन, बारसाका मिडफिल्डर कोहोटिनो र थियागो सिल्भाको खेल पनि ब्राजिलका लागि निकै महत्त्वपूर्ण हुनेछ।

तर, एउटा अर्को याद गर्नुपर्ने नाम २० बर्षीय गयबरियल जेजसको हो। सिटीका स्टार सेनसेस जेजस यो बिश्वकपमा विपक्षी टिमहरुका डिफेन्सको टाउको दुखाइ बन्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्