Logo

नेइमारलाई रियल मड्रिडमा पर्खिरहेका छौँ भन्दै रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिकले नेइमारलाई अनुरोध गर्दै लुका मोड्रिक र नेइमारले जर्सी साटासाट गरे हेर्नुहोस भिडियोमा

रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिकले नेइमारलाई युरोपियन च्याम्पियन आफूहरुको क्लब आउन आग्रह गरेको छन् । आइतबार भएको मैत्रीपूर्ण खेलमा क्रोएसियाका मोड्रिक र ब्राजिलका नेइमारले जर्सी साटासाट गरेका थिए ।

त्यसक्रममा मोड्रिकले नेइमारलाई रियल मड्रिड ज्वाइन गर्न सुझाव दिएका हुन् । आफूहरु रियल मड्रिडमा नेइमारलाई पर्खिरहेको मोड्रिकले बताए । आइतबार बेलुका एनफिल्डमा भएको खेलमा ब्राजिलले क्रोएसियालाई २–० ले हरायो ।

यो खेलमा गोडामा लागेको चोटका कारण तीन महिना मैदान बाहिर रहेका नेइमारको चोटपछिको पहिलो खेल थियो । उनले यो खेलमा गोल गरे । खेलपछि मोड्रिक र नेइमारले जर्सी साटे ।

त्यसक्रममा मोड्रिकले नेइमारलाई रियल मड्रिड ज्वाइन गर्न सुझाव दिएका हुन् । दुवैले एक जर्सीमा अटोग्राफ दिएर साटेका थिए ।

प्रतिक्रिया दिनुहोस्