Logo

मनकामना माताले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल जेठ २२ गते मगलबार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ२२गते भौमबार नेपाल सम्बत ११३८ अनलागा,सन् २०१८ जून५ तारिक अधिक ज्येष्ठकृष्णपक्ष षष्ठी तिथि विहान ५ वजेर ४७ मिनेटसम्म, धनेष्ठा नक्षत्र अपरान्ह३ वजेसम्म,वैधृतियोग,वणिजकरण,आनन्दादियोग उत्पात,सूर्य वृष राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

ॐः–राहुकालः–अपरान्ह३÷३१वजेबाट५÷१५वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान८÷३७ वजेबाट १०÷२१वजेसम्म रहनेछ, दूरमुहूर्तः– विहान७÷५६ वजेबाट ८÷५१ वजेसम्म र राती ११÷३ वजेबाट ११÷५८ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३७ वजेबाट मध्यान्ह १२÷३२वजेसम्म रहनेछ,गुली कालः– मध्यान्ह१२÷४वजेबाट अपरान्ह १÷४८वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।पञ्चक अहोरात्र,दक्षिण यात्रा वर्जित छ ।

ॐः–सूर्योदयबाट प्रातः ६÷५३ वजेसम्म रोगवेला,६÷५३ वजेदेखि ८÷३६वजेसम्म उद्वेगवेला,८÷३६ देखि १०÷१९ वजेसम्म चरवेला,१०÷१९ देखि १२÷२ वजेसम्म लाभ वेला,१२÷२ देखि १÷४५ वजेसम्म अमृतवेला,१÷४५ देखि ३÷२८ वजेसम्म कालवेला,३÷२८ देखि ५÷११ वजेसम्म शुभवेलार ५÷११ वजे देखि सूर्यास्तसम्म रोगवेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ८÷११ वजेसम्म कालवेला,८÷११ वजेदेखि ९÷२८ वजेसम्म लाभ वेला,९÷२८ देखि १०÷४५वजेसम्म उद्वेगवेला,१०÷४५ देखि १२÷२ वजेसम्म शुभ वेला,१२÷२ देखि १÷१९ वजेसम्म अमृतवेला,१÷१९ देखि २÷३६वजेसम्म चरवेला,२÷३६ वजे देखि ३÷५३ वजेसम्म रोग र ३÷५३वजे देखि सूर्योदयसम्म कालवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्ने छ । पराक्रम बढ्नेछ । लोभ मोह बढ्ने छ ।

बृष

प्रतिकुलता भन्दा अनुकुलता बढि देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुने छ । आफन्तबाट सहयोग सहानुभूति पाईने छ । अवसरको सदुपयोग राम्रो सँग गनुर्् होला ।

मिथुन

आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । उपकारी कामको विषयलाई लिएर यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ ।

कर्कट

आफन्तको बानी वेहोरा देखेर मनमा चिसो पस्नेछ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । अनावस्यक खर्च बढ्ने छ । व्यापार घट्नेछ । विवाद बढ्नेछ ।

सिंह

आयत निर्यात व्यापार व्यवसाय तथा उद्योग,धन्दाबाट आम्दानी बढ्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

कन्या

मेहनत अनुसारको प्रतिफल मिल्नेछ । सामान्य खटाईबाट काम बन्ने देखिदैन । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुनेछ ।

तुला

समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । पढाई लेखाईको चिन्ताले सताउने छ । बाहिरी काम बढि हुने छन् । प्रेमिकाबाट सहयोग मिल्नेछ ।

बृश्चिक

घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्ने छ । काम गर्ने जोश जागर घट्ने छ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहने छ । खानपानका कारण स्वास्थ्य कमजोर बन्ला ।

धनु

उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । लेनदेनमा सुधार आउनेछ ।

मकर

उत्तेजनामा काम नगर्नु होला । बोलिको प्रभाव बढ्नेछ । इष्टमित्रबाट सहयोग पाईनेछ । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला ।

कुम्भ

शरीरिक तथा मानसिक स्फूर्ति बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । अबरुद्ध कार्य योजना अगाडि बढ्ने छन् । भोज भतेर तथा धार्मिक कार्यमा सहभागि हुन पाईनेछ ।

मीन

दिन त्यति अनुकुल देखिदैन । सम्भावना क्षीण भएर जाने छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । अनावस्यक खर्च बढ्नेछ । विवाद पर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्