Logo

विश्वकपको तयारी रोनाल्डो, बाहिरियो यस्तो तस्बिर

रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विश्वकपको लागि आफ्नो देश पोर्चुगलको टिममा फर्किएका छन् । पछिल्लो समय उनी विश्वकपको तयारी अभ्यासमा व्यस्त छन् । अहिले रोनाल्डो आफ्नो देशको राष्ट्रिय टिमका साथी खेलाडीहरुसँग अभ्यास गर्दैछन् ।

च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुलसँग भएको भिडन्तमा विजयपछि केही समय विश्राम लिएका रोनाल्डो पुनः मैदान फर्किएका हुन् । पाँच पटक बालोड डिओर उपाधि जितेका रोनाल्डोका लागि यो विश्वकप सम्भवतः अन्तिम हुनेछ । पोर्चुगल बिहीबार विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अल्जेरियासँग खेल्दैछ । फोटोमा हेर्नुहोस् रोनाल्डोको अभ्यास । हेर्नुहोस् तस्बिरहरु 

प्रतिक्रिया दिनुहोस्