Logo

भारत्तोलनका स्वर्णपदक विजेता कार्की नेपाल जाँदै

अमेरिकाको डिसीमा बस्दै आएका आइपीएल(भारत्तोलन)का स्वर्ण पदक बिजेता रुप कार्की भारत्तोलनको प्रशिक्षण दिन नेपाल जाने भएका छन् ।आगामी जुन ११ तारिख अमेरिकाबाट नेपाल उड्ने कार्की जुन १३ तारिखमा नेपाल पुग्ने कार्यक्रम रहेको छ । कार्कीले काठमाडौँ ,पोखरा ,धरान ,बुटवल लगायत शहरमा भारत्तोलन सम्बन्धि बिशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।कार्की गैरआवसीय नेपाली संघ अमेरिकाको खेलकुद समितिका सदस्य पनि हुन् । कार्कीले गत बर्ष नोभेम्बर १९ तारिख एटलान्टा आईपीएल ,इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता( अन्तर राष्ट्रिय भारत्तोलन प्रतियोगितामा )आफ्नो तौल समूहमा स्वर्ण पदक जितेर नेपालको नाम बिश्वमा फैलाएका थिए । उनले कुल १४ सय पाउण्ड उठाई स्वर्ण पदक प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्