Logo

रसिया विश्वकप फुटबल विजेताले कति रकम पाउँछ ? पुरस्कारमै ४३ अर्ब खर्च…(हेर्नुहोस् भिडियो)

हरेक चार वर्षमा हुने विश्व फुटबलको कुम्भ मेलामा विजेता टोलीहरुले के कति पुरस्कार पाउँछन् भन्ने चासो सबै हुन्छ । विश्वकप फुटबलले सहभागी राष्ट्रलाई जति आकर्षित गर्छ, त्यति नै ‘दर्शक’ मुलुकहरुलाई पनि आकर्षित गर्छ ।

फुटबल आम मानिसले पनि सजिलै बुझ्न सक्छन् । २०१८ को विश्वकप संस्करण रसियामा हुँदै छ । आजको आठौं दिन अर्थात जुन १४ बाट सुरु हुँदैछ । आयोजक रसिया र छनोट चरण पार गरेका अन्य ३१ गरी कूल ३२ राष्ट्र विश्व विजेता राष्ट्र बन्ने होडमा जुन १४ देखि जुलाई १५ सम्म प्रतिस्पर्धामा उत्रिने छन् ।


फिफाले आयोजना गर्ने विश्वकप फुटबलमा आकर्षक पुरस्कार समेत पाउँछन् । सहभागी ३२ टिम मध्ये विजेता टिम एउटा हुन्छ । विजेताले मात्र होइन विश्वकप खेल्ने सबै ३२ राष्ट्रले समेत पुरस्कार पाउँछन् । फिफाले विश्वकप खेल्न छनोट हुने ३२ राष्ट्रलाई समेत नगद पुरस्कार प्रदान गर्दै आएको छ ।

२०१८ रसिया विश्वकपको विजेताले अघिल्लो वर्ष ब्राजिलमा भएको च्याम्पियनले भन्दा ३ मिलियन अमेरिकी डलर बढी पाउँने छन् । सन् २०१४ र २०१८ को विश्वकपको पुरस्कार राशीको तुलना रसिया विश्वकप २०१८ मा विश्वकपको पुरस्कार राशी ३ सय ५८ मिलियन डलरबाट बढाएर ४ सय मिलियन अर्थात ४० करोड अमेरिकी डलर हो । जुन नेपाली रुपैयाँ ४३ अर्ब भन्दा धेरै हुन्छ । यो रकम सबै विजेताहरुले पाउने पुरस्कारको कुल राशी हो । त्यसो हो भने विजेता टिमले

अन्य टिमले कति रकम पाउँछन् त ?

विश्वकपमा छनौट भई समूह चरणबाटै बाहिरिने टिमले समेत पुरस्कार पाउने व्यवस्था रहेको छ । सहभागी राष्ट्रले समेत रित्तो हात फर्कनु पर्दैन । विजेताले ३८ मिलियन अमेरिकी डलर अर्थात करिब ४ अर्ब रुपैयाँ पाउँछन् ।

यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले मिलियन (८० लाख) तथा प्रिक्वाटर फाइनलबाट बाहिरिने ८ टिमले १२र१२ मिलियन अमेरिकी डलरका दरले पाउनेछन् भने क्वाटर फाइनलबाट बाहिरिने ४ वटा टिमले १६÷१६ मिलियन डलरका दरले पाउने छन् ।

विश्वकपमा चौथो हुने टोलीले २२ मिलियन अमेरिकी डलर पाउँदा तेस्रो हुने टोलीले २४ मिलियन डलर पाउँने छन् । विश्वक उपविजेताले २८ मिलियन डलर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्