Logo

विश्वकप २०१८मा अर्जेन्टिना कि ब्राजिल ?

विश्वकप फुटबलको २१औं संस्करण सुरु हुन अब मात्र केही दिन बाँकी छ। विश्वकप फुटबल सुरु हुनै लाग्दा नेपालका फुटबल प्रेमीहरू यतिबेला उपाधि कसले जित्ला भनेर अड्कलबाजी काटिरहेका छन्।

फुटबल फ्यानहरूले यसपटक पनि विश्वकप फुटबलको उपाधिमा ब्राजिल, अर्जेन्टिना अथवा केही युरोपेली टोली जर्मनी, स्पेन फ्रान्सले कब्जा जमाउने अड्कल काटिरहेका छन् । सामाजिक सञ्जालमा अहिले युवाहरू आफ्नो मनपर्ने टोली, खेलाडी र जर्सीका फोटोहरू अपलोड गर्नमा व्यस्त छन् ।

कसले जित्ला त फिफा विश्वकप २०१८ ? फाइनलमा ब्राजिल र अर्जेन्टिना भिडे त्यो खेल कसको होला ? के यी दुबै टोलीका लागि विश्वकप २ भागमा विभाजित हुनेछ ? विश्व फुटबलका यी दुई हाई प्रोफाइल राष्ट्र यसपटक कस्तो टोली लिएर रुस जाँदैछन् भन्ने कौतुहलता सबैमा छ ।

ब्राजिलको मुख्य हतियारका रुपमा रहेका नेमारले आफ्नो शतप्रतिशत खेल कौशल म्याचमा दिनसक्छन् कि सक्दैनन् ? फ्रान्सको क्लब पेरिसेन्ट जर्मेनका खेलाडी नेमारले यो सिजन आधिकांश समय चोटग्रस्त रहँदै मैदान बाहिर बिताएका छन् ।

झण्डै चार महिना मैदानबाट बाहिर रहेका उनी आफ्नो पुरानो र्फममा फर्कन संघषरत छन् । ब्राजिलको उपाधि यसपटक पनि नेमारको प्रदर्शनमा नै निर्भर रहने पक्का जस्तै छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्