Logo

सन्दीप लामिछाने पहिलोे गीत रिलिज…(हेर्नुहोस्)

क्रिकेटर सन्दीप लामिछाने अब गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत यूट्यूवमा रिलिज गरेका छन् ।विनोद तिमिल्सिनाले लेखेको गीतमा उनको आफ्नै कम्पोजिसन रहेको छ ।‘उदास थियो मेरो मन’ बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका हुन् ।

उनले गाएको गीत कुनै गायकको गायकी कलाले गाएको भन्दा कम छैन् । क्रिकेटर सन्दीपले संगीतलाई आफ्नो दोस्रो सौख बताउने गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’

प्रतिक्रिया दिनुहोस्