Logo

युएईमा ३ नेपालीलाई ८ लाख १० हजार रुपैयाँ नगद उपहार

युएई – युएई एक्सचेन्जबाट घरमा पैसा पठाउँदा युएईमा तीन नेपालीले नगद उपहार पाएका छन् । एक्सचेन्जद्वारा सञ्चालित ‘धेरै जीतौँ, ठूलो धनराशि जीतौँ’ योजनामा अहिलेसम्म तीन नेपालीले प्रतिव्यक्ती २५ सय डलर अर्थात २ लाख ७० हजार रुपैयाँ पाएका हुन् ।

पछिल्लो पटक बिहीबार आबुधाबीको मुसाफा आइकार्ड मजदुर क्याम्प शाखाबाट नेपाल पैसा पठाउँदा रुपन्देहीका शेखर भुषाल मे महिनाको विजेता बन्नुभएको हो । नगद पुरस्कार विहीबार प्रदान गरिएको युएई एक्सचेन्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईंले जानकारी दिनुभयो । उहाँ तेस्रो पटकको बिजेता हुनुहुन्छ । आबुधाबी मफ्रक मजदुर क्याम्प शाखाबाट धनुषाका गणेश कपारी केवटले पहिलो पटक पुरस्कार पाउनुभएको थियो ।

 

त्यस्तै, दुवईमा रहेको अलरिगा शाखाबाट पैसा पठाउँदा काठमाडौंकी सरला केसीले नगद उपहार पाउनुभएको थियो । पहिलो पल्ट विजेता बनेका केवट १६ वर्षदेखि आबुधाबीको आर्को इन्टरनेशनल कम्पनीमा ८ सय तलबमा मजदुरी गर्दै आउनु भएको छ ।

दोस्रो बिजेता काठमाडौंकी सरला अहिले छुट्टिमा नेपाल गएकाले उहाँ युएई फर्किएपछि प्रदान गरिने एक्सचेन्जका नेपाल बजार प्रमुख प्रसार्इंले उज्यालोलाई जानकारी दिनुभयो ।

युएई एक्सचेन्जको यो योजना अन्तर्गत हरेक दिन २५ सय डलर ,साप्ताहिक ५ हजार डलर र मेघा पुरस्कार अन्तर्गत १ लाख डलरको पुरस्कार राखिएको छ । यो योजना जुन १६ सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्