Logo

फिफा वरीयतामा नेपालको फड्को, जर्मनीको शीर्ष स्थान कायमै

रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, रोनाल्डोको यूरोपेली च्याम्पियन पोर्चुगल चौथो स्थानमा छन् ।

त्यसैगरी पाँचौंमा मेस्सीको अर्जेन्टिना, छैटौंमा शाकीरीको स्विट्जरल्याण्ड तथा ग्रिजम्यान र पोग्बाको फ्रान्स सातौं वरीयतामा छन् । लेवाण्डोस्कीको पोल्याण्ड २ स्थान माथि उक्लँदै आठौं स्थानमा, दक्षिण अमेरिकी राष्ट्र चिली नवौं स्थानमा छ भने रामोस र जोर्डी अल्बाको स्पेन दुई स्थान तल झर्दै दशौं स्थानमा रहेको छ ।

दक्षिण एसियामा को कतिऔं स्थानमा ?
दक्षिण एसियाली राष्ट्रहरुमध्ये भारत ९७ औं स्थानमा यथावत छ । अफगानिस्तान ५ स्थान तल झर्दै १४५ औं बरीयतामा र माल्दिभ्स २ स्थान तल झर्दै १५० औं स्थानमा छ ।

नेपाल भने ३ अंक माथि उक्लँदै १६१ औं स्थान ओगट्न सफल छ । त्यसै गरी भुटान ९ अंक माथि उक्लँदै १८३ औं स्थानमा छ ।

ब‌ंगलादेश ३ अंक प्रगति गर्दै १९४ औं स्थानमा पुगेको छ भने श्रीलंका २०० औं स्थानमा यथावत छ । यसैगरी पाकिस्तान २ अंक माथि उक्लँदै २०१ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्