Logo

यी हुन् विश्वकपका दर्दनाक ७ घटना : जहाँ टोक्ने, दाँत झार्ने र ढाड भाच्ने सम्मको काम भयो

कुनै फुटबलका अदभूत क्षणहरु छन् त केही निकै खराब क्षणहरु छन् । हरेक चार चार बर्षमा हुने विश्वकप फुटवलले केही न केही यादहरु छाड्दै जाने गरेको छ । जुन मानिसहरु कहिलै नदोहोरियोस् भन्ने चाहान्छन् । त्यस्ता प्रतिनिधि घटनाले खेलाडीको व्यत्तित्वमा समेत दाग लाग्ने गरेको छ ।

सन् १९९४ मा डियगो म्यराडोना ड्रग्सका कारण विवादित भए । १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएका र १९९० मा अर्जेन्टिनालाई विश्वकप फाइनलमा पुगाएका म्याराडोना १९९४ को विश्वकपमा भर्खरै डोपिङ (लागुऔषध सेवन सम्बन्ध) प्रतिबन्ध पार गरेर आएका थिए ।

कप्तान म्याराडोनाले अमेरिकाविरुद्ध बायाँ खुट्टाले गोल गर्दै प्रतियोगिताको सुरुवात गरे । तर, गोल लगत्तै उनको सेलिब्रेसन भने विचित्रको थियो । उनले ठूलो आखाँ पार्दे मिडियाका क्यामराका अगाडि पूरा मुख खोल्दै दुर्वयसनीजस्तै व्यवहार पर्दशन गरे ।उक्त व्यवहारपछि फिफाले पुनः उनको डोपिङ टेस्ट गर्ने निर्णय भयो । उनले लागू औषध सेवन गरेको पाइयो र बाँकी विश्वकप उनलाई खेल्न दिइएन । १५ महिने प्रतिबन्धसँगै उनलाई घर पठाइयो ।

सन् २००६को विश्वकपमा जिनेदिन जिदानको नमिठो अनुभव रह्यो । घटनाले जिदानको करिअर र विश्वकपमा समेत दाग लगायो । जिनेदिने जिदानले १९९८ को विश्वकप फ्रान्सलाई दिलाएका थिए । सन् २००६ मा पनि उनको कप्तानीमा रहेको फ्रान्सलाई विश्वकप जिताउने दाउमा उनि थिए । फाइनलमा इटालीसँगको सामना गर्नु थियो । उक्त खेलपछि जिदानले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यास लिएका थिए। तर, अन्तिम खेलमा उनले निकै खराब याद छाडे ।

जिदानले ७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । तर, मार्को माटेराजीले त्यसको १२ मिनेटपछि बराबरी गोल फर्काएपछि निर्धारित समयको खेल बराबरीमा सकियो । खेल पेनाल्टीतर्फ धकेलियो, पेनाल्टीमा फ्रान्सका दुई खेलाडी गोल गर्न चुकेपछि इटाली विश्व च्याम्पियन बन्यो ।

पेनाल्टीका क्रममा जिदानले मार्को मेटेराज्जीको छातीमा नमज्जाले टाउको हिर्काए । सुरुमा त्यो दृश्यमा टेलिभिजनका क्यामरा अपरेटरहरुको ध्यान पुगेको थिएन् । रिप्लेमा हेर्दा दुबैबीच भनाभन हुँदा जिदानले मेटेराज्जीलाई जोडले टाउँकोले हिर्काएको देखियो । जिदानको टाउकोले लागेर मेटेराज्जी मैदानमै ढले ।

अफिसियलले म्याच रेफ्रिले घटनाबारे जानकारी दिएपछि जिदानलाई रातो कार्ड दिइयो । उत्कृष्ट फुटबल करिअर भएका जिदानले अन्तिम खेलमा भने आफ्नो र विश्वकपको इतिहासमा दाग लगाए ।

सन् १९९८ को विश्वकपमा ब्राजिल आफ्नो पाँचौ विश्वकप उपाधि नजिक थियो । १९९८ को फाइनलमा ब्राजिलले फ्रान्सको सामना गर्दै थियो । प्रतियोगिताका चार गोल गरिसकेकाले सबैको नजर २१ वर्षिया रोनाल्डोमा टिकेको थियो । उनी फाइनल खेल्छन् कि खेल्दैनन् सबैमा जिज्ञासा थियो ।

फाइनलअघि रोनाल्डो अस्वस्थथ थिए । फलस्वरुप प्रारम्भिक टोलीमा रोनाल्डोको नाम पनि थिएन् । तर, पछि परिवर्तन गरिएको नामलिस्टमा भने रोनाल्डोको नाम थपियो । अस्वस्थ रोनाल्डोले आफ्नो शतप्रतिशत दिन सकेनन् र ब्राजिल फ्रान्ससँग ३–० को अन्तरले पराजित भयो ।
अवस्थ भएपनि खेल्न आएको र ब्राजिललाई हराएको भन्दै पछि उनको चर्को आलोचना भयो । प्रतिक्रिया दिने क्रममा उनले आफूमाथि खेल्न दबाब आएको बताएका थिए ।

अस्वस्थ रोनाल्डोलाई प्रायोजक र ब्राजेलियन फुटबल एशोसियसनले फाइनल खेल्न दबाब दिएको कुरा पछि सार्वजनिक भयो । अस्वस्थ खेलाडीलाई जबर्जस्ती खेल्न लगाउने ब्राजिल फुटबलको तीव्र आलोचना भयो ।

सन् २०१४मा सुआरेजले टोक्दा विश्वकप फुटवलमा सनसनी मच्चायो । चारपटकको विजेता इटालीले यस विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो । दोस्रो खेलमा भने कोस्टारिकासँग पराजित भएपछि अन्तिम १६ मा पुग्न तेस्रो खेलमा उरुग्वेविरुद्ध जित्नैपर्ने दबाब आइपरेको थियो ।

उरुग्वे अघिल्लो विश्वकपको सेमिफाइनलमा पुगेको टोली थियो । त्यसैले उसलाई पनि इटालीलाई जित्दै अन्तिम ८ मा प्रवेश गर्ने मौका थियो । खेल सकिन १० मिनेट बाँकी छँदा डी–बक्स भएको घटनालाई फेयर प्लेको सिद्धान्तलाई बदमान गराइदियो ।

सुआरेजले इटालीका डिफेन्डर जर्जिरो चिलेनीलाई डी–बक्सभित्रै टोकेका थिए । चिलेनीले आफ्नो बायाँ काधँमा सुआरेजले टोकेको डाम पनि देखाए तर, मुख छोपेका सुआरेजले उल्टै चिलेनीले हातले हानेको आरोप लगाए ।

रेफ्रिले उक्त घटनामा कुनै कारवाही गरेनन् । जुन इटालियनहरुका लागि सर्वाधिक खराब क्षणमध्येको एक रह्यो । पछि, सुआरेजको क्रसमा डियडो कोटिनले गोल गरेपछि इटाली प्रतियोगिताबाट बाहिरियो भने उरुग्वे अन्तिम ८ मा प्रवेश गरेको थियो । पछि फिफाले अनुसन्धान गर्दै सुआरेजलाई चारमहिना कुनैपनि फुटबलका क्रियाकलापमा संग्लन हुन नपाउने गरि प्रतिबन्ध लगायो ।

करङ भाचिँनु देखि दाँत झर्ने सम्मको घटनाले सन् १९८२ को विश्वकप पनि विवादित भयो । १९८२ को विश्वकप सेमिफाइनल खेलमा जर्मनीलाई फ्रान्सले पेनाल्टीमा पराजित गरेको थियो । निर्धारित समयमा १–१ को बराबरी भएपछि अतिरिक्त समयमा दुवै टोलीबाट पुनः २–२ भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

अतिरिक्त समयमा ४ गोल भएको उक्त खेललाई विश्वकपको सर्वाधिक रोमाञ्चक खेलमध्ये एक मानिन्छ । तर, सोही खेलमा भएको एक घटनाले भने उक्त खेलको रोमाञ्चकतालाई पूर्ण रुपमा बिथल्यो ।

पहिलो हाफमा १–१को बराबरी भएपछि फ्रान्सले दोस्रो हाफमा खेलाडी परिवर्तन गर्दै डिफेन्डर पेटरिक बटिस्टनलाई मैदान पठाएको थियो । उनले बल पाए र बल अघि बढाउँदै गोलपोष्ट नजिक पुगाउन सफल भए, त्यसलाई रोक्न लापरवाहीपूर्ण तरिकाबाट उड्दै आएका गोलरक्षक हेराल्ड शुमाकुरको घुँडा सिधै बटिस्टनको मुखमा लाग्यो ।

परिणाम, उनका दुईवटा दाँत त्यही झरे र भुइमा पछारिदा तीनवटा करङका हड्डी पनि भाचिए । रेफ्रिले भने उक्त घटनापछि फाउल समेत दिएनन् र जर्मनी फाइनलमा प्रवेश गरेको थियो ।त्यस्तै सन् १९९० मा विपक्षी खेलाडीलाई थुक्दा विश्वकप थप विवादित बन्न गयो । जर्मनीका स्ट्राइकर रुडी भोलर र नेदरल्याण्ड्सका डिफेन्डर फ्रांन्क रिजकार्ड सिरी ए मा एकअर्का विरुद्ध खेल्ने गर्थे ।

भोलरलाई लडाएपछि रेफ्रिले रिजकार्डलाई पहेलो कार्ड देखाएका थिए । पहेलो कार्ड पाएका रिजकार्ड पछाडिबाट आएर भोलरको टाउकोमा थुके । विपरित दिशातर्फ फर्किएका रेफ्रीले त्यो घटना देखेनन् । आफ्नो टाउकोमा थुकेपछि भोलर रिजकार्डमाथि खनिए । सो देखेपछि रेफ्रिले उल्टै रिजकार्डलाई पहेलो कार्ड देखाए । तर, घटना त्यतिमै साम्य भएन । केही छिनपछि उनीहरु पुनः भिडे र रेफ्रीले दुवैलाई रातो कार्ड देखाउँदै बाहिर पठाए ।

सन् २००२ को विश्वकपका रेफ्रिले गरेको सबैभन्दा खराब निर्णयका रुपमा अहिले पनि दर्ज छ । अन्तिम १६ मा आयोजक दक्षिण कोरियाले खेल सकिन दुई मिनेट बाँकी छँदा इटालीसँग बराबरी गोल फर्कायो । तर, त्यसपछि जे भयो त्यसको विश्व फुटबलको इतिहासमा सर्बाधिक आलोचना भएको मानिन्छ । खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दक्षिण अफ्रिकाले निर्णायक गोल गर्दै इटालीलाई हरायो । जुन रेफ्रीको खराब निर्णयको कारक थियो ।

इक्वेडरका रेफ्री बायरोन मोरिनोले इटालीले पाउनुपर्ने एउटा पेनाल्टी दिएनन् । इटालीले गरेको एउटा गोल पनि अफसाइड भन्दै मान्यता दिएनन् । यतिमात्रै उनी रोकिएनन, डाइभिङ गरेको भन्दै इटालीका फ्रानसेक्को टोटीलाई रातो कार्ड दिदैँ मैदानबाट बाहिर पठाएपछि इटाली स्तब्ध बन्यो । उनका यी तिनै निर्णय पूर्ण रुपमा गलत थिए । जुन विश्वकपका रेफ्रिले गरेको सबैभन्दा खराब निर्णयका रुपमा अहिले पनि दर्ज छ । समाचार एजेन्सीहरुबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्