Logo

अमेरिका बाट आयो बिहानै दुखद खबर: अमेरिकामा ट्रकको ठक्करबाट एक नेपाली बालकको मृत्यु

न्यूयोर्क – अमेरिकाको न्यूयोर्क शहरस्थित कोरोनामा ट्रकको ठक्करबाट एक दश बर्षिय नेपाली बालकको मृत्यु भएको छ । कोरोनास्थित लेफ्राक सिटीमा बसोवास गर्ने श्रीजल पन्थीको सोमबार विहान फोहोर उठाउने ट्रकको ठक्करबाट निधन भएको हो ।

ट्रकको ठक्करबाट बालकको आमा मीना पन्थी भने घाइते हुनु भएको छ । खुट्टामा चोट लागेको पन्थीको न्वीन्सको एलमस्र्ट अस्पतालमा उपचार भइरहेको छ । स्थानीय बिश्व बहादुर शाहले न्यूयोर्कको फोहोर उठाउने ट्रकले ठक्कर दिए पछि उपचारको क्रममा बालकको निधन भएको जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्