Logo

श्री स्वस्थानी व्रत कथा अध्यायय-२४ ! श्री स्वस्थानी माताको दर्शन गर्नुहोस आशिर्वाद मिल्ने छ

शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रीशुल तरवार अनि कमलको फूल रहेका छन् ।

वैदिक सनातन संस्कारलाई धर्मसित जोडिनु भन्दा पनि सभ्यताक्रमसित जोडिनु जरुरी छ, सिन्धू नदिको तटमा भएको सभ्यता अनि शब्दकोषमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ‘ह’ शब्द प्रयोग गरेर सिन्धुकोसाटो हिन्दु भएको प्रमाण अनि दस्तावेजहरु छन् ।

आउनुहोस् यसै हिन्दु संस्कारको स्वस्थानी व्रतकथाको थप कुरा उल्लेख गरौं । अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ । यी अष्ट मातृकाको नेपाली जनजिवनमा अत्यन्त धेरै महत्व रहेको छ, जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठवटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रुपमा लिईन्छ, आठ अङ्क शुभ अङ्ककारुपमा लिईने त हामीसबैलाई थाहै छ ।

वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरु एक पात्रले अर्का पात्रलाई सुत्रधारका रुपमा सुनाएका छन्, उदहारणकालागि श्रीमद्भागवत गीता कृष्ण र अर्जुनबिचको संवाद छ भने स्वस्थानी व्रतकथा शिवजीका जेष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनीबिचको संवाद हो । थप जानकारीको लागि भिडियो :

प्रतिक्रिया दिनुहोस्