Logo

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृ*त्यु !

हेटौंडा-मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृ*त्यु हुनेमा हेटौंडा–१९ सान्नानीटार निवासी ४० वर्षीय दीपक सुवेदी रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्र्तगत् सडकमा पैदल हिँडिरहेका सुवेदीलाई प्रदेश ०३–०२–१२ प ३५६८ नम्बरको मोटरसाइकलले मनहरी गाउँपालिका–६ सुनाचुरीमा मंगलबार साँझ ठक्कर दिदाँ गम्भिर घाईते भएको थिए । उनको उपचारको क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृ*त्यु भएको हो।

ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्