Logo

खुसिको खबर : एसिया ११ टिममा परे सन्दीप, विश्व ११ विरुद्ध खेल्ने !

नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने एसिया ११ टिमा परेका छन्। आगामी महिना बंगलादेशको राजधानी ढाकामा हुने विश्व ११ विरुद्ध हुने २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि सन्दीप नेपालबाट समावेश भएका एक्ला खेलाडी हुन्। सिरिज बंगलादेशका राष्ट्रपिता मानिने शेख मुजिबुर रहमानको जन्मदिनको अवसरमा आयोजना हुन लागेको हो। टिममा भारतका कप्तान विराट कोहलीसहित ६ जना भारतीय खेलाडी छन्।

एसिया ११ टिम
केएल राहुल, शिखर धवन, विराट कोहली, रिशव पन्त, कुलदीप यादव, मोहमद सामी, थिसारा परेरा, लासिथ मालिङ्गा, रासिद खान, मुजिर उर रहमान, मुस्ताफिजुर रहमान, तमिम एकबाल, मुस्फिकर रहिम, लिन्टन दास, सन्दीप लामिछाने, मोहमुदुल्लाह

विश्व ११ टिम
एलेक्स हल्स, क्रिस गेल, फाप डु प्लेसिस, निकोलास पूरान, ब्रेन्डन टेलर, जोनी बायस्टो, केइरन पोलार्ड, सेलडम कोट्रेल, लुङ्गी एनगिनी, एन्ड्रिउ ट्रे, मिचेल म्याक्लिनघन

प्रतिक्रिया दिनुहोस्