Logo

गायिका अञ्जु पन्त बाढी पीडितका लागि पर्सामा ३५ घर बनाउने तयारिमा !

अञ्जु पन्त फाउन्डेशन यतिबेला पर्सा जिल्लाको पटेर्वामा रहेको बाढी पिडितहरूको बस्ती निर्माणको तयारीमा छ। बाढीबाट पटेर्वाको दलित माझी बस्ती नै उजाडिएपछि सहयोगको अभावमा रुमलिरहेका ३५ परिवारहरूको बस्ती निर्माणका लागि ‘अञ्जु पन्त फाउन्डेशन’यतिबेला रकम संकलनमा लागेको हो। बस्ती निर्माणका लागि अनुमानित ३ करोड ५० लाख लागत लाग्ने बताईएको छ ।

जसका लागि अञ्जु पन्त फाउन्डेशनले ‘गो फन्ड मी’मार्फत् सहयोगको अपिल गरेको छ।
यो ‘गो फन्ड मी’अभियान फाउन्डेशनको अमेरिका शाखाले चलाएको हो। जसबाट सहयोग गर्न इच्छुकहरूले सकेकोे सहयोग गर्न सक्नेछन् । विगत लामो समयदेखि गैह्र नाफामुलक संस्थाको रुपमा काम गदै आएको फाउन्डेशनले यसअघि गरिब तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामाग्री, पोशाक तथा दुर्गममा रहेका गरिब र असहायहरूका लागि विभिन्न सहयोग गर्दै आएको छ ।


वस्ती निर्माणमा सहकार्य गर्न गो फण्ड मीमा गई अञ्जु पन्त फाउण्डेसनमार्फत सहयोग प्रदान गर्न सकिनेछ । फाउन्डेसनकी प्रमुख अञ्जु पन्तले बस्ती निर्माणका लागि रकम जुटाउने प्रयासमा लागेको बताइन् । पन्तले फाउन्डेसनको आधिकारिक वेबसाइटमार्फत पनि सहकार्यका लागि अपील गरेकी छिन् ।

फाउन्डेशनकी प्रमुख तथा गायिका अञ्जु पन्तका अनुसार, बस्ती निर्माणका लागि विभिन्न देशमा आयोजना भएका कार्यक्रमबाट केही रकम जुटिसकेको र बाँकी रकम विस्तारै जुटाएर जति सक्दो चाँडो वस्ती निर्माण कार्य सुरु गरिने छ।

फाउन्डेशनकी प्रमुख तथा गायिका अञ्जु पन्तका अनुसार, बस्ती निर्माणका लागि विभिन्न देशमा आयोजना भएका कार्यक्रमबाट केही रकम जुटिसकेको र बाँकी रकम विस्तारै जुटाएर जति सक्दो चाँडो वस्ती निर्माण कार्य सुरु गरिने छ।

प्रतिक्रिया दिनुहोस्