Logo

पूर्व कप्तान पारस खड्कालाई महिन्द्राले दियो ५१ लाखको गाडी !

राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपाली क्रिकेटर पारस खड्काले ५१ लाख रुपैया मुल्य पर्ने गाडी चढ्ने भएका छन् । यो गाडी उनी आफैले पैसा खर्च गरेर किनेका भने होइनन् । उनलाई यो अवसर महिन्द्रा गाडीको आधिकारिक विक्रेताले जुराइदिएको हो । उनी महिन्द्रको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटको ब्रान्ड एम्बेसडर नियुक्त भएसंगै यस्तो अवसर जुरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनलाई आज अग्नि इन्कर्पोरेटले एम्बेसडरमा नियुक्त गरेको हो । खड्काले अब कम्पनीको महिन्द्राको एक्सयुभी ३०० चढ्न सुरु गरेका छन् । पारसलाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको चावी हस्तानतरण गरे ।

ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएलगत्तै खड्काले ५० लाख ७५ हजार मूल्यको महिन्द्रा एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट चढ्न सुरु गरेका छन् । खड्काले आकर्षक, सुरक्षित र स्तरीय पर्फर्मेन्स भएको गाडी भएकाले आफ्नो रोजाइमा महिन्द्रा परेको बताए । यसअघि पारस यही समूहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि ब्राण्ड प्रबर्द्धक थिए ।

एसिया-११ मा समेटिए सन्दीप लामिछाने

बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि२० कप बंगलादेश २०२० अन्तर्गत विश्व-११ र एसिया-११ बीच हुने खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पनि समेटिएका छन् ।

लामिछाने एसिया-११ बाट खेल्ने भएका हुन् । दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर-ए बंगला रंगशालामा हुने आयोजकले जनाएको छ ।

एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका राशिद खान लगायत स्टार खेलाडी रहनेछन् ।

इस्टर्न रिजन खेल्न जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा सहभागिता जनाउने जाने नेपाली राष्ट्रिय क्रिकेट टोली बिदाइ गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली टोलीको बिदाइ गरिएको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य-सचिव रमेश सिलवाल, नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेल र कोषाध्यक्ष रोशन सिंहले बिदाइ गरेका हुन् ।

नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो । नेपालले फेब्रुअरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउनेछन् । प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्